इटहरी बसपार्कमा १४ बर्षीया बालिका बलात्कृत

  • प्रकाशित मितिः आश्विन २४, २०७५
  • ४९३७ पटक पढिएको
  • मनोज भुजेल
alt

इटहरी । इटहरी ९ स्थित बसपार्कमा १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

करणीको आरोपमा गढिगाउपालिका ८ छिटाहा बस्ने बर्ष ३० को प्रमोद चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

चौधरीले बालिकालाई ललाई फकाई गरी इटहरी ९ स्थित गोधुली होलटमा लगेर धाक धम्की देखाई करणी गरेको भनी पिडित परिवारले दिएको उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।

निर्माण सम्बन्धि लेवर काम गर्ने उनिहरु शुरुमा इटहरीको बसपार्कको एक होटलमा बसेका थिए । प्रहरीले उक्त होटलमा छापा मारेपछि भागेर उनिहरु गोधुली होटलमा बसेका थिए । सोही होटलमा बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरीलाई मंगलबार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । घटना आईतबार साँझ भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved