डिएसपीलाई खसी दिने होटल व्यवसायी संघ इटहरीको ‘प्लान फेल’

  • प्रकाशित मितिः आश्विन ३१, २०७५
  • ३५९४ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । होटल व्यवसायी संघ इटहरीले प्रहरीको नाममा पैसा उठाइएको खुलासा भएको छ । इलाका प्रहरी कार्यालय इटहरीलाई ‘खसी दिने’ भन्दै अध्यक्ष जिवन पराजुली लगायतले प्रत्येक होटलबाट १ हजारको दरले पैसा उठाएका हुन ।

बिभिन्न होटलका व्यवसायी मार्फत पराजुलीले २५ हजार रकम उठाएका थिए । तर प्रहरीले यस बिषयमा चाल पाएपछि संघको खसी दिने योजना फेल खाएको थियो । डिएसपी शिव श्रेष्ठले अध्यक्ष पराजुलीलाई आफुले ‘चन्दा उठाएर किनेको खसी’ नलिने भनेर थर्काए पछि उनले उक्त रकम फिर्ता गरेका थिए ।

खसी लिएर इलाका प्रहरी कार्यालय जान लागेको पराजुलीको टोलीलाई डिएसपी श्रेष्ठले गेटबाट छिर्न नदिन निर्देशन दिएको प्रहरी स्रोतको भनाई छ ।

पराजुलीले होटल व्यवसायी संघको तर्फबाट दसैको उपहार भनेर डिएसपीलाई खसी दिन खोजेको बताइएको छ । तर खसी दिने बिषयमा व्यवसायी बिच नै असन्तुष्टि देखिएपछि खसीकाण्ड बाहिरिएको हो ।

यता होटल व्यवसायी संघ इटहरीका अध्यक्ष पराजुलीले खसीको बिषयमा उठेका हल्ला आफुले नभई अरु–कसैले गरेको हुनसक्ने बताए । इटहरी प्रहरी र होटल व्यवसायी बिच दसै शुभकामना आदान प्रदान गर्ने बिषयमा कुरा भएको तर खर्च बढी हुने भएपछि कार्यक्रम स्थगित भएको उनको भनाई छ ।

पैसा उठाएको बिषयमा सचिवले आफुलाई मंगलबार मात्र जानकारी गराएको बताउदै पराजुलीले यस बिषयमा बुझ्ने बताए । ‘प्रहरीले यदि मागेको भए म आफै दिनसक्थे’ उनले भने ‘तर बजारमा पैसा उठाएर खसी दिन खोजेको कुरा हल्ला आएपनि मेरो केही संलग्नता छैन’ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved