इटहरीमा साढे ८२ फिट नै कायम हुने गरि ड्रेन निर्माण हुने

  • प्रकाशित मितिः कार्तिक ५, २०७५
  • ५१७१ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । केही समय अघि इटहरी खण्डमा रोकिएको व्यापारीक मार्ग बिस्तारको काम पुन सुरु हुने भएको छ । रानी विराटनगर इटहरी धरान सडक आयोजनाले केही दिन भि त्रै इटहरी बजार क्षेत्रमा पनि ड्रेन निर्माणको काम सुरु गर्ने जनाएको छ । इटहरीको बजार क्षेत्र भत्कीने कि नभत्कीने भन्ने अन्यौल रहँदै आएको थियो । तर अब आयोजनाले बजार क्षेत्रमा पनि भत्काएर काम सुरु गर्ने जनाएको हो ।

हाल इटहरीको पूर्वी पृतना हेडक्वाटर अगाडी सम्म ड्रेन निर्माणको काम भईरहेको छ । तर इटहरीको मुख्य चौक क्षेत्रमा भने सडकको चौडाईमा विवाद आएपछि काम रोकिएको थियो । इटहरीको मुख्य बजार क्षेत्रमा सडकको चौडाई घटाएर १५ मिटर मात्र कायम गर्न माग गर्दै अबरोध गरिएपछि निर्माणको काम रोकिएको थियो ।

अबको दिन भित्रै काम शुरु हुने रानी विराटनगर इटहरी धरान सडक आयोजनाका प्रमुख बिनोद मौवारले जानकारी दिए । नेपालीहरुको ठुलो चाड मनाउन सहज होस भनेर दशैँ पछाडी काम सुरु गर्न लागेको उनले बताए ।

इटहरी उपमहानगरपालिका, इटहरीका व्यवसायी लगायतले सडकको चौडाई घटाउन आग्रह गरेका थिए । सडकको चौडाई साढे ८२ भन्दा पनि विराटनगरको मापदण्डलाई टेकेर ५५ नै कायम गर्नुपर्ने उनीहरुको माग थियो । तर सडक आयोजनाले भने सरकारले तोकेको साढे ८२ नै लिने भन्दै अडान लिएको थियो । यहि विवादले बजार भत्काउन सकिएको थिएन । तर अब आयोजनाले काम अगाडि बढाउने भएको हो ।

हाल इटहरीदेखी उत्तर कोशी राजमार्गको आँपगाछी क्षेत्रमा भने निरन्तर काम भईरहेको छ । यो क्षेत्रमा एक्सप्रेस लेन सहित ग्रिन बेल्ट र सर्भिस लेन पनि थप गरि डिजाईन परिमार्जन गरिएको आयोजनाले जनाएको छ ।

यता, इटहरी देखी दक्षिण खनार क्षेत्रमा भने केही कमशल सामाग्री प्रयोग गरेको पाइएको छ । त्यो क्षेत्रमा अनुगमन गरी कमशल सामाग्री प्रयोग गर्ने कम्पनीलाई कारबाही गरिने अयोजना प्रमुख पौदारले बताए ।

विशेष गरी इटहरीस्थित खनार देखी सोनापुरको बिच क्षेत्रमा कमशल सामाग्री प्रयोग भएको भन्दै स्थानियले निरन्तर विरोध गर्दै आएका छन् ।।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved