बुद्धिराम भए असोज महिनाको ‘उत्कृष्ट प्रहरी’

  • प्रकाशित मितिः कार्तिक १२, २०७५
  • ४२३१ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । प्रहरी निरीक्षक बुद्धिराम चौलागाई ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत चौलागाई ०७५ असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

इटहरीमा चौलागाईले चोरी, लागुऔषध, फरार प्रतिवादी पक्राउ एवम अपराधिक कार्यमा संलग्न व्यक्तिको पहिचान गरि कानुनी दायरामा ल्याउन सफल भएको भन्दै घोषित एवम सम्मान गरिएको हो ।

उनले इटहरीको शान्ति सुरक्षामा सर्वसाधरणलाई सुरक्षाको अनुभुति हुने गरी आफ्नो कर्तव्य निर्भाह गरी प्रहरी संगठनको छवि उच्च बनाइएको सम्मान पत्रमा उल्लेख गरिएको छ । चौलागाई तिन महिना अघिमात्र इलाका प्रहरी कार्यालय दमकबाट इटहरी आएका हुन् ।  प्रहरीको काम कारबाहीलाई प्रोत्साहन गर्ने उदेश्यले जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रत्येक महिनाको उत्कृष्ट एक जना प्रहरीलाई ‘उत्कृष्ट प्रहरी’ घोषित गदै आएको छ ।

Pp 1

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved