सुनसरीमा हत्यारा अघि- अघि प्रहरी पछि- पछि.... सिडियो र एसपीलाई गृहमन्त्रालय बोलाऊ

  • प्रकाशित मितिः मंसिर ११, २०७५
  • १०५३ पटक पढिएको
  • सञ्चारपाटी
alt

धनबहादुर पुरी
दुई महिना भित्र सुनसरीमा दुई ठुला घट्ना भयो । दुई मुस्लिम नेताको हत्या भएको घट्नालाई सामान्य मान्न सकिन्न । घट्ना भएको दुई महिना वित्दा पनि हरिनगरको भूटाहाका मौलाना खुर्सिद आलमको गोेली हानी हत्या ग¥र्यो । हत्या कसले ,किन र के कारणले ग¥र्यो भन्ने दुई महिना वित्दा पनि अत्तोपत्तो छैन । ब्यस्त बजारमा जसरी खुर्सिदको हत्या भयो त्यो सँगै अहिले शंका उपशंकाहरु बढ्दो छ । गोली प्रहार गरिएको स्थानबाट भारतीय सीमा क्षेत्र नेपालतर्फको घुस्की आठ किलोमिटर र घुस्कीभन्दा पश्चिमतर्फ भारतीय बासमतीया बजार पाँच किलोमिटर दुरीमा छ ।

हत्या भएलगतै गाउँलेले प्रहरीलाई सूचना गरेका गरे पनि प्रहरीको भूमिका सन्तोषजनक छैन । खुसिर्द हत्यामा प्रहरी निरिह बनेको छ भन्दा फरक पदैन । ठुला घट्नामा प्रहरीको भुमिका कमजोर हुदा सर्वसाधरणले सुरक्षाको प्रत्याभुति गर्ने सकेका छैनन् ।

राज्यले दिन दहाडै गोली हानेको घट्ना पत्ता लगाउँन सक्दैन भने देशबासी सुरक्षाको लागी कहाँ जाने सरकार ? त्यो लगातै गत बुधबार दुहवीमा भएको अर्को मुस्लिम नेता फिदा हुसेनको हत्या पनि खुर्सिद प्रकृतिकै छ । हत्याको घट्ना एक पछि अर्को त्यो पनि मुस्लिम समुदाय केन्द्रित भईरहदा सुरक्षा निकाय भने घट्ना साम्मे पार्ने अपराधी पक्राउ गर्ने भन्दा पनि हत्तार हत्तार दश लाखको बिटा र सहिद घोषणाको तयारी गरीरहेको हुन्छ । यो निरिह पन सुनसरी प्रशासनले कहिले सम्म देखाउँला ? अपराधी फक्राउमा भन्दा पनि मिलाउँन नेताहरुलाई प्रयोग गर्ने सिपालु सुनसरीका एसपी राजन अधिकारी र सिडियो प्रेमप्रकाश उप्रेतीको गैरजिम्मेवार बन्दै गएका छन । सुनसरी जस्तो सुगम जिल्ला त्यस माथी सुरक्षाको हिसाबले प्रदेश एकमै धेरै सुरक्षाकर्मी बस्ने जिल्लामा गोलीको बर्षा हुदा पनि अनुसन्धान हुदै छ मात्र भन्न नछोड्ने प्रहरी प्रशासन निकम्बा छ भन्दा फरक पदैन । ब्यस्त शहरमा गोली हान्दै हत्या हुदा १० लाख र सहिद घोषणा मात्र गदै जाने हो भने सहिदको नाम ठुला डाईरीमा नखट्ला तर हत्यारा पत्ता लागाउँने विषयमा गम्भिर भएको देखिएन । खुर्सिदको हत्यापछि अनेक आशंका समेत गर्न थालिएको छ। हत्या के कारणले भयो ? भनेर अहिलेसम्म केही खुल्न सकेको छैन् ।

कतिपयले भने इन्डियिन मुजाहिद्दिना चार जना लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी बनाउन सहयोग गरेकोले भारतीय गुप्तचर संस्थाले निगरानी गरेको केही महिनापछि हत्या भएको दावी गरिएको छ । इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका मौलाना खुर्सिद हत्या जोडिएको समाचार एजेन्सीहरुले लेखेका छन । तर कसरी किन के का लागी भयो भनेर अहिले सम्म प्रशासन मौन रहनुले सुनसरीबासी असुरक्षित छन भन्न सकिन्छ । त्यस कारण सुनसरी प्रशासनल घट्नाको नैतिक रुपमा जिम्मा लिई अनुसन्धानलाई कडा बनाउँनु पर्छ । हैन भने सुनसरीको एसपी र सिडियोलाई मन्त्रालय तानेर नयाँ एसपी र सिडियो पठाउँनुको विकल्प छैन ।

साना हतियारको बिगबिगि

एक नम्बर प्रदेशमा आपराधिक घटनामा अवैध साना हतियारको प्रहरीको लागी चुनौती बन्दै गएको छ । नेपाल सँग सिमा जोडिएको पूर्वी नाकाहरुमा हतियारको कारोबार बढेको प्रहरी आफै स्वीकार गरे पनि नियन्त्रणमा भने नेपाल प्ररी सफल हुन सकेको छैन । अपराधिक गिरोहहरु सक्रिय भई अघि अघि र प्रहरीे भने पछि पछि छ । एक नम्बर प्रदेशको विभिन्न जिल्लामा साना हतियारको आडमा हत्या, अपहरण, चन्दा तथा फिरौती असुली, लुटपाटलगायत आपराधिक घटना हुने गरेको छ । आपराधिक समूहका गतिविधि कमजोर हुँदै गए पनि बरामद र पक्राउको संख्या हेर्दा अझै साना हतियारको कारोबार सिमा क्षेत्रबाट धेरै कारोबार हुन छ । प्रहरी अधिकारीहरु जहिल्यै एउटै उत्तर दिईरहेको हुन्छन सिमा क्षेत्रमा कडाई गरेका छौ तर घट्नाहरु हेर्दा सिमा क्षेत्र खुल्ला भएको जस्तो अनुभव हुन्छ ।

सुनसरीको ६२ किलोमिटर खुल्ला सिमानाबाट के के कारोबार हुदैछ ? किन हुदैछ दिन दहाडै हत्या ? यस विषयमा गम्भिर अनुसन्धान खै ? प्रदेश एकको मात्र नभई सुनसरीको अधिकांस अपराधिक घट्नामा प्रहरी भन्दा अपराधिक गतिविधि गर्नेहरु अघि छन अपराध गरेर अपराधिहरु भागे पछि प्राय अधिकांस घट्नामा पक्राउ पर्ने सकेका छैनन । तर प्रहरी अनुसन्धान जारी छ भन्न छोड्दैन । विभिन्न सहरहरुमा अहिले साना हातहतियारको बिगबिगी छ । प्रहरीले सार्वजनिक गरेका केही घटनालाई मात्रै विश्लेषण गर्ने हो भने पनि अब प्रमुख सुरक्षा चुनौती नै साना हातहतियार नियन्त्रण गर्नु देखिएको छ ।

हत्या गर्ने देखि घटनामा साना हतियारको सहज उपलब्धताले एकातिर सुरक्षा चुनौती बढाएको छ भने अर्कोतिर हातहतियारको अवैध कारोबार फस्टाइरहेको सहजै अनुमान गर्न सकिन्छ । सुनसरीमा गोली प्रहार र अवैध हातहतियारको प्रयोग व्यापक हुँदै गएको छ । दिनदहाडै पेस्तोल बोकेर हिँड्नु र गोली प्रहार गर्ने समूहका गतिविधि बढ्नुले अवैध हातहतियारको कारोबार बढेको देखाउँछ ।

के गदैछन गुप्तचर ?
गृहमन्त्रालयले सुरक्षा निकायमध्यको अभिन्न अंगका रुपमा रहेको राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को काम के हो भन्ने कुरा सवै सर्वसाधरणलाई थाहा पनि छैन । गुप्तचरको काम के हो ? के के गदैछ भन्ने कुरा जनतालाई थाहा पनि हुदैन । गुप्तचरको काम पनि थाहा नहोस नै भन्ने होला । सुनसरीमा दुई ठुला हत्याको घट्ना सँगै अन्य घट्नामा पनि गुप्तचरलाई सुईको सम्म थाहा छैन । सुनसरी गुप्तचरका प्रमुख दिनभर सिडियो कार्यलय ढुक्छन । अनुसन्धान अत्यन्तै फितलो छ । राष्ट्रका गम्भीर सूचना संकलन गरी सरकारलाई जानकारी गराउने गुप्तचरहरु सुचना विहिन छन । देशको एउटा मात्रै गुप्तचर विभागका कर्मचारीहरु अहिले के गदैछन भन्ने कुरा गुप्तचर विभागलाई थाहा छ कि छैन होला ?

राष्ट्रको सम्वेदनशील ठाउँमा बसेर गलत कार्य गर्ने तत्वहरुको संरक्षण गर्ने तत्वहरु धेरै छन् । प्रदेश एककै गुप्चतरको प्रमुख रहेको छ धरानमा तर खै त उनीहरु सँग सुचना ? यस्ता जघन्य घट्नाको समेत समयमा सुचना नपाउँने गुप्चतर निकायको के काम ? नेपाल प्रहरी ,नेपाली सेना र सशस्त्र प्रहरीको सुरक्षा सम्बन्धी सुचना दिने काम वरु केहि स्तरीय छ । तर सुचनाकै लागी करोडौ खर्च गरेर राखेका कर्मचारीहरु चाही के मा ब्यास्त हुन्छन त ? राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूले लिएको भत्ता, राशन र लुगा भत्ता फिर्ता गर्नुपर्छ ।

राष्ट्रिय अनुसन्धान विभागमा वार्षिक रुपमा सुराकी बापत करौडौ बजेट आउने गरेको छ । सो बजेट राष्ट्रिय अनुसन्धान विभाग प्रमुख र निज कै आसेपासेले आफ्नो तजबिजमा नक्कली सुराकीको रामे श्यामे नाम खडा गरी बाँया हातले हस्ताक्षर गरेर निकाशा गरी घोटाला गदै आउँनेहरुलाई पनि कारबाही गर सरकार ।

(ब्लाष्ट दैनिकबाट)

 



प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved