नेकपा नेताको निर्देशनमा घर तोडफोड गरेको आरोप

  • प्रकाशित मितिः मंसिर ११, २०७५
  • २२४ पटक पढिएको
  • सञ्चारपाटी
alt

सुनसरी । इटहरी १७ स्थित पकलीमा नेकपाका नेताको निर्देशनमा एक सुकुम्वासी मुस्लिम परिवारको घर तोडफोड गरिएको छ । इटहरी १७ स्थित लोकतान्त्रिक बस्तीमा नेकपा पकलीका नेता बिनोद कुमार झाको निर्देशनमा मोहमद सैनुलको त्रिपालले छाएको घर सोमबार राती तोडफोड गरिएको हो ।

मोहमद सैनुल २०६३ सालदेखि लोकतान्त्रि बस्तीको ७ धुर सुकुम्बासी जंग्गामा त्रिपाल छाएर बस्दै आएका थिए । तर श्रीमती बिरामी भएर उपचारको लागी भारत गएको समयमा मोहमदको घर तोडफोड गदै घरका सामान खोलामा फालिएको थियो ।

गए राती झाको निर्देशनमा नेकपाकै कार्यकर्ता साबिर मिया, कलिम मिया, आलम मिया सहितको समुहले घर तोडफोड गदै पकाउन लागेको चामल समेत खोलामा फालिदिएका हुन ।

ऐलनी जग्गा भएपनि नेपाल बसोबास बस्ती संरक्षण समाज सुनसरीले २०६३ देखि यहाँ बस्ती बसाउदै आएको छ ।

IMG_9786 घटनाक्रम अनुसार लोकतान्त्रि बस्तीका अगुवा बेचु मियालाई श्रीमती उपचार गराउन जाने र घर रेखदेख गरिदिन आग्रह गरेर मोहमद भारत गएको समयमा बेचुलेनै अर्काे समशेर अलीलाई सो जग्गामा बस्न दिएका थिए ।

श्रीमतीको उपचार सकेर फर्किएका मोहमद आफ्नो जमिनमा अरु बसेको देखेपछि उनले बिरोध गरेका थिए । आफु रहदै आएको जमिनमा अर्काे मान्छेले घर बनाउने तयारी गरेपछि दुवै पक्षबिच विवाद बढेको थियो । विवाद इलाका प्रहरी कार्यालय पकलीसम्म पुगेको थियो । प्रहरी कार्यालयमा छलफल नमिलेपछि पकलीका इन्सपेक्टरकै अगाडी झाले समशेर अलिको पक्ष लिदै मोहमदको सामान र घर तोडफोड गर्न लगाएको मोहमदको आरोप छ ।

मोहमदले आफ्नै जमिन अर्काेले हस्तक्षेप गरेपछि निरिह बनेर सोही जमिन छेउमा पाल टागेर रात कटाएका थिए । बिनोद झाले मान्छे उचालेर पाल भत्काउन पठाएको पिडित मोहमदको दाबी छ ।

‘कपडा, भाडाकुडा, चामल सबै खोलामा फालिदिए’ उनले भने ‘जमिन छाडेर नगए ज्यान मार्नेसम्मको धम्की दिएका छन्’ ।

मोहमद आफु सर्प देखाएर गुजारा गर्ने व्यक्ति भएको र तल्लो जात भन्दै आफुलाई विस्थापित बनाउन खोजेको उनको भनाई छ ।
मोहमदसँग नेपाल बसोबास बस्ती संरक्षण समाजले दिएको प्रमाणपत्रले पनि उनको सोही जग्गा भएको बताउछ । स्थानिय छिमेकीहरुले पनि मोहमद सोही जग्गाको आधिकारीक व्यक्ति भएको बताए ।

१७ नं. वडा कार्यालयका वडासदस्य नजिरा खातुनले उक्त जग्गाको अक अधिकार मोहमदको रहेको बताइन । स्थानिय नेताको दबाबमा एउटा गरिब सुकुम्बासीलाई हटाउने खेल भएको उनले बताईन ।

IMG_9803 नेकपाका नेता बिनोद कुमार झाले प्रहरी कार्यालयको छलफलमा आफु सहभागी भएको बताउदै ऐलनी जमिनको बिषयमा भएको विवादले अनाबश्यक आफ्नो नाम लिएको उनले बताए ।

‘आरोप लगाएको हो, घर तोडफोड भएको कुरा मलाई जानकारी छैन झाले भने’ ।

यता मोहमदले जिल्ला प्रशासन कार्यालय सुनसरीमा शान्ति सुरक्षा गरी पाउ भन्दै निवेदन दिएका छन् । निवेदनमा इटहरी १७ बस्ने बिनोद कुमार झा, साबिर मिया, कलिम मिया, आलम मिया र समशेर अलीले आफ्नो जमिनमा भएको घर तोडफोड गदै ज्यान मार्ने धम्की दिएको र आवश्यक शान्ति सुरक्षा पाउ भनि निवेदन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved