कवि रामविनय सम्मानित

  • प्रकाशित मितिः पुष १४, २०७५
  • २२ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौँ। साहित्यको माध्यमबाट सामाजिक चेतना फैलाउने कार्यमा महत्वपूर्ण योगदान पु¥याए वापत नेपाली वाङ्मय साधना सम्मान कवि राम विनयलाई प्रदान गरेको छ ।

नेपाल वाङ्मय परिषद्द्वारा यहाँ आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उहाँलाई नगद रु १० हजार र कदरपत्रसहित सो सम्मान प्रदान गरेको हो ।

कवि विनयका ‘तातो बाफ’ कविता सङ्ग्रह विसं २०२१ मा प्रकाशित भएको थियो भने ‘म आएको छु’ २०४७, ‘जराको स्वर’ २०६०, ‘फेरिएको चित्र’ २०६८ कविता प्रकाशित छन् । त्यसैगरी उहाँको ‘टापुमा तैरिँदै’ यात्रा संस्मरण, ‘झझल्को’ नियात्रा, ‘घरविनाको घर’ कथासमेत प्रकाशित छन् ।

सो अवसरमा कुलपति उप्रेतीले साहित्यले समाजलाई दिशानिर्देश गर्नुपर्ने उल्लेख गर्दै अबका स्रष्टाले त्यसतर्फ कलम चलाउनुपर्नेमा जोड दिए ।

सम्मानित व्यक्तित्व रामविनयले जनता र समाजप्रति जिम्मेवार भई आफूले साहित्य सिर्जना गर्ने गरेको बताए।

परिषद्का अध्यक्ष पुष्कराराज भट्टले समाजको विकासमा योगदान गर्ने स्रष्टालाई पुरस्कृत गर्ने संस्थाको नीति रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved