राष्ट्रिय मेलमिलापको निति अहिले पनि उत्तिकै सान्र्दभिक

  • प्रकाशित मितिः पुष १९, २०७५
  • ३८ पटक पढिएको
  • सञ्चारपाटी
alt

विजय सन्तोषी राई
सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलवीच र ति दल भित्रका नेताहरु विच समेत व्यापक रुपमा बढ्दै गएको दुरीले मुलुकमा खतराको संकेत देखिन थालेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको वहुचर्चित महासमितिको बैठकले पनि गुट उपगुटको अन्त्य गरी पार्टी एकता बनाउन सकेन । त्यसले गर्दा वी पीले प्रतिपादन गर्नु भएको राष्टिय मेलमिलाको नितिबाट सत्ता पक्ष प्रमुख प्रतिपक्ष हिड्न अहिले आवाश्यक भएको र ति दलभित्रका नेताहरु पनि वीपीको मेलमिलाको नितिलाई आत्मसाथ गर्न जरुरी भएको छ ।

२०३३ साल तिर राजा अनि तत्कालिन शासकहरु (पञ्चहरु) भित्र पनि एक आपसमा र प्रतिबन्धित कांग्रेस,कम्प्यूनिष्टहरुसंग दुरी पनि तिव्र रुपमा बढ्दै गएका कारण राष्ट र राष्टियतामानै खतरामा परेकाले राष्ट र राष्टियतालाई जोगाउन वीपीले राष्टिय मेलमिलापको निति ल्याउनु भएको हो ।

वीपी कोईरालाले राष्टियता माथि चरम संकट परेको देखेर राष्ट्र र राष्टियतालाई जोगाउनका लागी प्रवासबाट राष्ट्रिय मेलमिलाको नीति लिएर २०३३ साल पौष १६ गते स्वदेश फर्कने क्रममा वीपी माथि सात वटा विभिन्न राजकाज विरुद्धका मुद्धाहरु लगाईएका थिए एउटा मुद्धा हार्ने वित्तिकै वीपीलाई फासी हुन्थ्यो त्यसैले सवैले वीपीलाई नर्फकन अनुरोध गर्दा पनि वीपी फर्कनु भयो र भन्नु भयो राजा र मेरो घाटी जोडिएको छ । तर वीपीको त्यस भनाईलाई स्वय राजा र राजाका आसेपासेहरुले खिल्ली उढादै भने कहा राजा कहा वीपी राजासंग वीपीले आफुलाई तुलना गर्ने यस्तो साहस भनेर उल्टै व्यङ्गे गरे । वीपीलाई त्रिभूवन अन्तराष्टिय बिमान स्थलबाटै पक्राउ गरियो र जेल हालियो ।

वीपीले त्यतिखेर भन्नु भएको थियो देश रह्यो भने मात्र हामीले राजनिति गर्न पाउछौ देशनै रहेन भने के राजनिति गर्नु त्यसैले सवैभन्दा पहिले सवैमिलेर देश बचाउनु पर्छ ।

अहिले राजनैतिक दलहरु र त्यस भित्रका नेताहरुमा स्वयम मेलमिलाप नहुदा विचार र सिद्धान्तद्धारा निर्देशित राजनिति नभएको,रणनिति नबनाएको र कार्यनिति मात्र रहेको,विचार नभएपछि गुटै गुट मात्र भरिएका हुन ।
आपसी एकता नहुदा हाम्रा प्रमुख राजनैतिक दलहरु भित्र विचारको मतभेत भन्दा पनि कार्यशैलीको मतभेत र नेतृत्वका लागी टकराप तथा लडाई भएकाले गुटदेखी उपगुट सम्म बनेको छ ।नेतृत्वले आफु नेतृत्वमा पुग्नका लागी अधिवेशन तथा निर्वाचनका लागी पार्टी भित्र गुट बनाउछन नेतृत्वमा पुगेसकेपछी वा अधिवेशनमा निर्वाचन समाप्त भैसकेकेपछि स्वत गुट तथा समुह भंग वा विघटन हुनु पर्नेमा नेताहरुले आफु तहे भैराख्नका लागी गुट तथा उपगुटलाई निरन्तरता दिईरहेका हुन्छन विडम्वना त्यसमा कार्यकर्ताहरु पनि गुट उपगुट तथा समुहमा विभाजन भैराखेका हुन्छन ।

गुटबन्दी विशेषगरेर कहिलेकाही विचार नमिल्दा हुन्छ भने कहिलेकाही नितान्त व्यक्तिग टगराव स्वार्थ पूर्तिका लागि पनि हुन्छ ।तर हाम्रा देशको राजनैतिक दलहरुमा भने नेताको व्यक्तिगत स्वार्थ पूर्तीका लागी गुटहरु,समुहरु,उपगुटहरु निर्माण हुने र निर्माण भएका गुट,उपगुट तथा समुहहरु निन्तिर रुपमा टिकाइराख्ने प्रचलन भएकोले यसले राजनैतिक दलहरुलाई दहे बनाउनका साट्टा कमजोर बनाउदै गैरहेको छ भने नेताहरु भने पार्टी भित्र चाही दहे भैराखेका छन ।

राजनैतिक दलहरुको जिवनमा दल भित्र अस्थायी तथा केही उपलब्धी हासिल गर्न गुट तथा उपगुहरु जन्मने ,बन्ने,भत्किने,भंग हुने निरन्तर प्रक्रिया भएता पनि अहिले भने दलहरुमा गुटहरुले स्थायी रुपमानै निरन्तरता पाईने भत्किनुको सट्टा झन दहे हुदै गएकाले गुट उपगुट र समुहले पार्टीहरुलाईनै भत्काउने,फुटाउने र समाप्त गर्ने होकी भन्ने चिन्ता अव सबैमा बढ्न थालेको छ ।

पार्टी भित्र मेलमिलाप नुहुदा चरम गुटबन्दीको कारणले गर्दा पार्टीहरुले बेला बेलाका नराम्रोसंगले धोका पाइराखेको र निर्वाचनमा लत्जासपद पराजय व्यहोर्नु परिरहेको छ । भने किहिलेकाही विभाजन पनि हुदै जोडिदै पनि आईएका छन ।
नेपाली कांग्रेस महासमितिको बैठकले पार्टीको गुटउपगुटलाई अन्तय गरी पार्टी एकता गर्छ भन्ने आशाा सवैमा थियो तर त्यसो हुन सकेन झन उल्टै गुटपगुटलाई मौलाउने खालको सन्देश दिएको छ । प्रमुख प्रतिपक्षी दल भित्र पनि अहिले हिजोको भन्दा पनि बढी चरम गुटबन्दी मौलाएको छ र प्रमुख प्रतिपक्षको भूमिका खरो र दहे संगले निभाउन सेकीरहेको छैन । चरम गुटबन्दका कारण पार्टीले धेरै ठूला ठूला धोका पाईरहेको पनि छ ।

गुटबन्दी कांग्रेसको जन्मकालकै परानै रोग हो । नेपाली कांग्रेस,राष्टिय कांग्रेस हुदाकै बखत २००४ सामा कावा अध्यक्षको बिषयलाई लिएर वीपी कोईराला र डिल्लीरमण रेग्मीबीच दुई समुह वा गुटको काग्रेसमा उदय भएको हो । २००९ सालमा वीपी कोईराला र उनका दाजु मार्तकाप्रसाद कोईरालावीचको चरम गुटबन्दीको कारण निर्वतमान पार्टी सभापति तथा बहालवाला प्रधानमन्त्री मातृका प्रसाद कोईरालालाई पार्टीबाट निष्काशन गरेको कारण उनले छुट्टै पार्टी गठन गर्नु परेको थियो । २०४६ सालमा प्रजातन्त्रको पुन स्थापना भएपछि कांग्रेस सत्तामा पुन पुगे पछी कांग्रेस भित्रको गुट फेरी सहतमा आयो ।

एउटा गुटको नेतृत्व पार्टी सभापती कृष्ण प्रसाद भट्टराई र अर्का गुटको पार्टी महामन्त्री गिरिाजा प्रसाद कोईरालाले गर्नु भएको थियो । २०४८ सातमा बहुमत ल्याएको पार्टी नेपाली कांग्रेसको संसदीय दलमा ३६ से र ७४ रे भनेर दुई समुह तथा गुट भएका कारण २०५१ सालमा नेपाली कांग्रेसको स्पष्ट बहुमतको सरकारका प्रधान मन्त्री गिरिजाप्रसद कोइरालाले मध्यावधि निर्वाचन गराएपछि पार्टीले नराम्रासंय पराजय भोग्नु प¥यो ।

२०५२ सालमा कांग्रेसका नेता शेर वहादुर देउवा मुलुकको प्रधानमन्त्री भएपछि देउवाले एन्टी कोईराला क्याम्प खडा गरी एउटा बलियो गुट कांग्रेसमा खडा गरेर सदावहार नेतृत्व गरिरहे । त्यसैकारण २०५८ मा नेपाली कांग्रेस दुई चिरामा फुट्न गयो ।पार्टी बिभाजनको भएको ५ बर्षपछि २०६३ सालमा पार्टी एककिरण भयो । तर पार्टी एकीकरण भएता पनि नेताहरु र कार्यकर्ताहरु भने भावानात्मक रुपमा एकता हुन सकेका थिएन्न । जसले गर्दा पार्टी भित्र कोइरला र देउवा गुट त्यसभित्रको उपगुट प्रस्टसंग छुटिरहन्थ्यो ।जसले गर्दा पार्टीको १३ औं महाधिवेशनमा दुई वटा गुटबाट वढेर चारवटा गुट हुन पुग्यो । कोईरालासहितकोपौडेलगुट,देउवा गुट,सिटौलागुट र खुमबहादुर गुट र त्यसभित्र अन्य धेरै उपगुटहरुको पनि जन्म भएको छ ।

कांग्रेस भित्र गुटउपगुटले अहिले तिव्ररुपमा गाजेका कारण पार्टीले तल देखीमाथि सम्म दहे र खरो ढंगले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकिरहेको छैन । गुटैगुटले गाजेको कांग्रेसलाई अहिले आफैलाई समालिन समेत गाहे भैरहेको छ ।

पछिल्लो पटक दुईवटा दलहरु मिलेर बनेको सत्तारुढ दल नेकपा पार्टीको दुई तिहाई भन्दा वढीको सरकारले जनताको चाहना अनुरुप काम गर्ने सकिरहेको छैन विकास र समृद्धीको यात्रालाई पनि अगाडी बढाउन नसकिरहेको पनि त्यहा भित्रको गुट र गुट भित्र उपगुटैका कारणनै हो । नेकपा भित्र दृश्य÷ अदृश्य रुमपा आधा दर्जन नेताको वरिपरिका गुट तथा समुह अहिले सतहमा देखिएका छन । त्यसभित्र पनि उपगुट तथा उपसमुह उत्तिकै आएका छन । प्रारम्भमा पूर्वघटकहरुका अलग समुह,गुट देखिनु स्वाभाविक भएता पनि एकतापछि पनि पुराना गुट र उपगुटले समेत निरन्तरता पाईरहेका छन ।

नेकपा भित्र अहिले पार्टी अध्यक्ष तथा प्रधान मन्त्री केवी ओलीको दहे गुट छ,अर्का पार्टी अध्यक्ष प्रचण्डको गुट त्यसभित्रको नाराणकाजी, बादल,बर्षामान,जनार्दशन शर्माको छुट्टा,छुट्टै उपगुट छ ,अर्का वरिष्ठ नेता माधव नेपालको गुट,अर्का नेता बामदेव गौतमको गुट र अर्का वरिष्ठ नेता झलनाथ खनालको गुट रहेका कारण नेताहरुलाई देश मिलाउने भन्दा पनि आफ्नो गुट मिलाउनै क्रियाशिल भैरहनु परेको छ ।

नेपालको राजनैतिक पार्टीहरुमा अहिले मैलाउदै गएको गुट उपगुटहरुबाट गिरोहमा परिणत भयो भने नेताहरुलाई पनि सिध्याउछ र सिंगो पार्टीलाई पनि समाप्त गर्छ त्यसैले दलहरुमा देखिएको गुटउपगुटलाई गरिरोहमा परिणत हुन नदिई बेलैमा गुटउपगुटलाई समाप्त गर्न जरुरी देखिन्छ । यसका लागी वीपीले प्रतिपादन गर्नु भएको राष्टिय मेलमिलाको निति अनुरुप आ आफ्नो पार्टीको सिद्धान्त अनुरुप निर्माण गरिएको विधान तथा निति कार्यक्रम लाई पूर्ण रुपमा कार्यन्वयन गर्दै हरेक पार्टीका नेताहरु बचि व्यक्तिगत फाईदाको लागी नभएर पार्टी र जनातको हितको लागि आपसरी समझदारी कार्यम गर्नु पर्छ ।पार्टी भित्र निष्पक्ष रुपमा अनुसाशन कायम गरी काम गर्नेलाई पुरस्कार र पार्टी हित विपरित गर्नेहरुलाई दण्डको व्यवस्था गरी लोकतान्त्रिक परिपार्टीबाट नेतृत्व चयन गरी पार्टी संचालन गर्न जरुरी भएको छ । अनी मात्र संमृद्धी नेपाल सम्पन्न नेपाली बनाउने यात्रा अगाडी बढाउन सकिन्छ नन्त्र गुटैगुटले भरिएको र थलिएको पार्टी र नेताहरुबाट समृद्ध नेपाल बनाउन असंभव छ ।
वीपी काईरालाले २०३३ सालमा राष्टिय मेलमिलाको नीति लिएर स्वदेश फर्कने क्रममा आफ्ना मित्र कृष्ण प्रसाद भट्टराईलाई कार्यवहाक सभापति दिनु भयो भने जेलबाट निस्किसकेपछि पनि उहा सभापती बन्नु भएन भट्टराईनै कार्यवाहक सभापति दिनु भयो र २०३७ मा जनमत संग्रहको निर्वाचनमा सहभागी हुदै गर्दा आगामी प्रधान मन्त्री पर्शुनारायण चौधरी भनेर घोषणा गर्नु भयो । त्यसका साथै भविष्यका प्रधान मन्त्रीहरु भनेर देवानसिंह राई र भीम वहादुर तामांग भन्नु भएको थियो । वीपी कोईरालाले भन्नु भएको थियो कांग्रेस सत्तामा पुगेपछि सुकिला मुकिलाहरुले पार्टी कब्जा गर्नेछन दुख पाएका संर्घष गरेका इमानदार नेता तथा कार्यकर्ताहरु पाखा लाग्नेछन त्यतिखेर पार्टी भित्रै दु ख पाएका इमानदार नेता तथा कार्यकर्ताहरुले संर्घष गर्नु पर्छ । कांग्रेस सत्तामा गएको बेला वीपीले भनेजस्तै कांग्रेसमा वारम्वार हुने गरेको छ ।
हरेक राष्टको जिवनमा यस्तो क्षणहरु आउनेछन जुनबेलामा विगतको अप्रिय विवादहलाई तिता नमिठा कुराहरुलाई साना तिना मदभेतहरुलाई विर्सेर यो राष्ट एकताको सुत्रमा माधिनु पर्छ वीपीको यो राष्टिय एकता र मेलमिलाको निति राष्टको जिवनमा मात्र होइन अहिले नेपालका सवै राजनैतिक दलहरुका लागी समेत उपयुक्त छ । संघिय लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्दै नेपाललाई समृद्धी र सम्पन्न बनाउन अहिले हाम्रो मुलुकका सवै दल दल वीच र दल भित्रका नेता नेता विच अनी नागरिक नागरिक विच मेलमिलाप अति आवाश्यक छ । वीपीको मेलमिलाको नितिबाट अगाडी बढे दल भित्र बढ्दै गएको गुटउपगुटको पनि अन्त्य भै मेलमिलाको बातावरण सिर्जना हुने छ । वीपीलाई यदी हामीले गरिहोसंग आत्मसाथ गर्न सकेऔ भने त्यहा भित्र हाम्रा सारा संकटका ओखतीहरु भेट्छ सकिन्छ ।वीपीले प्रतिपादन गर्नु भएको राष्टिय मेलमिलाको निति त्यसैले अहिले पनि उत्तिकै सान्र्दभिक मानिएको हो ।
दष्वबथबकचबष्ण्ठछ२नmबष्।िअयm
(लेखक — धनकुटा कांग्रेस सचिव एवं नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष र नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved