निकिता जी र मेरो विवाह हल्ला मात्रै – रवी लामिछाने

  • प्रकाशित मितिः पुष २३, २०७५
  • १६० पटक पढिएको
  • सञ्चारपाटी
alt

डिभोर्स पछी अझै बढी चर्चामा आएका चर्चित पत्रकार रवी लामिछाने र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले आफुहरु राम्रो साथी मात्र भएको बताएका छन् । उनीहरुले शुक्रवार एक्कासी मिडियामा आफुहरुको विवाह भएको भन्ने खबरहरु बाहिरिएपछी मेरोफिल्मसंग कुरा गर्दै भने, ‘हामीहरु राम्रो साथि मात्रै हौँ ।’

‘वहाँको पनि भर्खरै डिभोर्स भएको र मेरो पनि डिभोर्स भएको केही महिना मात्र भएका कारण यो हल्ला बाहिरिएको हो । अर्को कुरा हामी एकै अपार्टमेन्टमा बस्छौँ । फ्लोर फरक छ । छिमेकी भएपछी देख भेट नहुने कुरा भएन । तल माथी हुँदा देख भेट हुन्छ नहुने होइन । हाम्रो राम्रोसंग चिनजान भएको भर्खरै १-२ महिना मात्र भयो होला । पहिला पत्रकार रवी लामिछाने भनेर चिन्थेँ अहिले हामी राम्रो साथि हौँ । रवी जीको भलो नचाहनेहरुले उहाँलाई नराम्रो देखाउन यो कुराहरु गरेका हुन् जस्तो मलाई लाग्छ’, अध्यक्ष पौडेलले भनिन् । हुन त रवी जीको चर्चा धेरै भएर पनि होला यी कुराहरु आएको । नत्र डिभोर्स मेरो पनि भएको छ । खै त मेरो डिभोर्सको चर्चा भएन किन रवी जिको मात्र भयो त ? किनकी उहाँको बारेमा केही लेख्दा त्यो चर्चा बनिदिन्छ । त्यही चर्चाको लागि पनि त्यस्तो समाचारहरु आएका हुन्’, निकिताले थपिन् । रवी जिको पुर्व पत्नीलाई आफुले अहिले सम्म केही नभनेको र उनी को हुन् भनेर नचिनेको पौडेलको भनाई थियो । पौडेलले भनिन्,’नाम थाहा थियो तर उहाँसँग मेरो देख भेट या कुराकानी भएको छैन ।

यता लामिछानेको भनाई पनि निकिताको भन्दा फरक थिएन । उनले ती समाचारहरु देख्ने बित्तिकै फेसबुकमा लामो स्टाटस पोस्ट गरेका छन् । उनले आफ्नो जीवन कै सबै भन्दा तल्लो स्तरको पहिलो र अन्तिम स्टाटस भन्दै आफ्नो बिगतका बारेमा स्टाटसमा लेखेका छन् । मेरो फिल्मसंगको कुराकानीमा उनले भने, ‘निकिता जी र म राम्रो साथी हौँ । हामि निकै नजिक छौँ । बिहे नै भएको भन्ने कुरा त कि निकिता जी ले भन्नु पर्यो कि मैले । हामी दुवैले भनेका छैनौँ । मलाई चाहनेहरु, मेरो शुभचिन्तकहरुको ध्यान डाइभर्ट गर्नका लागि नियोजित ढंगबाट ती समाचारहरु आएका हुन् । यदी बिहे नै गर्ने हो भने भनेरै गर्छौँ । लुकाउन आवश्यक केही छैन । म सार्वजनिक व्यक्ति हुँ आफ्नै काममा ब्यस्त छु । मैले बाँकी मेरो कुराहरु मेरो फेसबुक स्टाटसमा लेखेको छु । त्यही नै सत्य हो ।’

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved