राखेप सदस्य सचिव बिष्टले भने– तेह्रौ साफमा ब्याडमिण्टन प्रतियोगिता इटहरीमा हुन्छ

  • प्रकाशित मितिः पुष २४, २०७५
  • १९० पटक पढिएको
  • अर्जुन सुबेदी
alt

सुनसरी । राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले तेह्रौ साफ खेलकुद प्रतियोगिता अन्तर्गत ब्यडमिण्टनको खेल इटहरीमा आयोजना गर्ने बताउनुभएको छ । बिगतमा केन्द्रिकृत रुपमा काठमाण्डौमा मात्र हुदै आएको साफ गेम यस बर्षदेखी बिकेन्द्रिकरण गरेर गर्ने बिष्टले बताउनुभयो ।

इटहरी रंगशाला परिषरमा निर्माण हुन लागेको टेबलटेनिस एकेडेमी भवनको शिलन्यास कार्यक्रममा बोल्दै बिष्टले केन्द्रिकृत रुपमा नभएर देशमा प्रमुख शहरमा साफ गेमका बिभिन्न प्रतियोगिता आयोजना गर्ने जानकारी दिनुभयो । बिगतमा काठमाण्डौमा मात्र आयोजना गरिदै आएको साफ गेमका बिभिन्न प्रतियोगिता यस बर्षदेखी इटहरी, पोखरा, जनकपुर, बीरगंञ्ज लगायतका अन्य प्रमुख शहरसम्म लैजाने बिष्टको भनाइ छ ।

तेह्रौ साफ अन्तर्गत इटहरीमा ब्याडमिण्टनको प्रतियोगिता आयोजनाको लागी तयारी भैरहेको बताउदै बिष्टले अन्य कुन शहरमा कुन प्रतियोगिता गराउने भन्ने बिषयमा छलफल जारी रहेको बताउनुभयो । आफू सदस्य सचिव भएको यो अवधिमा खेलकुदमा ५० बर्षमा नभएको बिकास अहिले भएको दाबी उहाले गर्नुभयो । आफू सदस्य सचिव हुनुभन्दा पहिले २ लाख पुरस्कार राशीको गोल्डकप हुने गरेको बताउदै बिष्टले अहिले २१ लाख पुरस्कार राशीका गोल्डकपहरु धमाधम हुन थालेको बताउनुभयो । सबै गोल्डकपका पुरस्कार राशी बढाउन राखेपले ठुलो योगदान गरेको दाबी गर्दै बिष्टले आफ्नो कार्यकालमा भएका कुनै पनि गोल्डकप घाटामा नगएको बताउनुभयो । खेलकुदमा राजनितिकरण गर्न नहुने बताउदै बिष्टले पारदर्शी र बिवादरहित ढंगले काम गर्न खेलकुदकर्मीहरुलाइ निर्देशन समेत दिनुभयो । ३५ लाख रुपैयाको लगानीमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको एकेडेमी भवनको लागी राखेपले ३० लाख उपलब्ध गराउने र बांकी ५ लाख उपभोक्ता समिती मार्फत उठाउने बिष्टले जानकारी दिनुभयो ।

इटहरी रंगशाला राती पनि झलमल्ल हुने

अबको केही महिनामा इटहरी रंगशाला रातीको समयका पनि झलमल्ल हुने राखेप सदस्य सचिव बिष्टले बताउनुभयो । बिष्टले अबको एक महिना भित्र भारतबाट ठुलो फ्लड लाइट ल्याएर इटहरी रंगशालामा जडान गर्ने बताउनुभयो । युवा जनशक्तिहरु कुलत र अपराधिक गतिबिधिमा अघि बढिरहेको अवस्थामा उनीहरु सांझको समयमा रंगशाला परिषरमा भेला हुनभनेर लाइट जडान गर्न लागिएको बताउनुभयो । यसका साथै रातीको समयमा पनि बिभिन्न खेलकुदका गतिबिधि गर्न पनि रंगशाला परिषरमा लाइट जडान गर्न लागिएको बिष्टले बताउनुभयो ।

क्रिकेट स्टेडियमका लागी तयारी हुदै

राखेप सदस्य सचिव बिष्टले डिभिएम स्कूल परिषरको क्रिकेट मैदानले मात्र अब क्रिकेट धान्न नसक्ने बताउदै बिष्टले रेशम प्रशोधन केन्द्र पूर्व दक्षिणमा रहेको जग्गा उपलब्ध गराउन माग गरिरहेको बताउनुभयो । फूटबल, भलिबल, कराते, ब्याडमिण्टन लगायका खेलकुदका अन्तराष्टिय प्रतियोगिता गर्नका लागी भौतिक पूर्वाधार इटहरी रंगशाला परिषरमा भए पनि डिभिएम स्कूल परिषरको मैदानले क्रिकेटको अन्तराष्टिय प्रतियोगिता धान्न नसक्ने उहाको भनाइ थियो । सो मैदान पश्चिमपटीको जग्गा माग गरेर क्रिकेट स्टेडियमसंग डिभिएमको मैदान जोडिने बिष्टले यसअघिका कार्यक्रममा बताउदै आउनुभएको थियो । बिष्टले भन्नुभयो– डिभिएम स्कूल परिषरको क्रिकेट मैदानमा ठुला प्रतियोगता गर्न र स्डेडियम नै बनाउन नमिल्दैन, त्यसैले कुषी मन्त्रालयसंग जग्गा माग गर्न लागेका छौ ।

बिष्टले अन्तराष्टिय क्रिकेट प्रतियोगिता निर्माणमा इटहरीका स्थानिय खेलप्रेमी, नागरिक समाज लगायतका ब्यक्तिहरुको पनि साथ सहयोगको अपेक्षा गर्नुभयो । उहाले खासगरी क्रिकेड स्टेडियमको लागी जग्गा प्राप्ती गर्न राजनितिक लबिङ र दबाबको आवश्यकता भएको बताउदै यसमा नगरबासी लागीपर्नुपर्ने बताउनुभयो ।

2 1

स्पोर्ट्स सिटी घोषणामा मेयर सकारात्मक

यसअघिका कार्यक्रममा इटहरीलाइ स्पोर्ट्स सिटी घोषणा गर्नमा मेयरले चासो नदेखाएको बताउदै आउनुभएका राखेप सदस्य सचिव बिष्टले ढिलै भएपनि मेयरले स्पोर्ट्स सिटी घोषणा गर्ने बताएको जानकारी दिनुभयो । बिष्टले भन्नुभयो– पछिल्लो समय इटहरीका मेयर साप इटहरीलाइ स्पोर्ट्स सिटी घोषणा गर्न सकारात्मक रहेको मैले पाए, अस्ती भलिबलको उद्धघाटन कार्यक्रममा पनि इटहरीलाइ चांडै स्पोर्ट्स सिटी घोषणा गर्ने बताउनुभए छ, इटहरी अब नेपालकै दोसो्र स्पोर्ट्स सिटी बन्छ । इटहरीको आफ्नो छुटटै परिचय नभएकोले अव इटहरी स्पोट्स सिटी बन्नेमा इटहरीका मेयरले पनि बिभिन्न कार्यक्रममा ढुक्क हुन आग्रह गर्दै आउनुभएको सन्दर्भमा बिष्टको यस्तो भनाइ आएको हो ।

इटहरी रंगशालाभित्र आउटडोर र इन्डोरका विभिन्न २० वटा खेलका लागी एकैपल्ट प्रतियोगिता आयोजना गर्न मिल्ने गरी भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उहाको भनाइ छ । उहाले मैदानको पश्चिम भागमा निर्माण हुने २२ करोडको भीआईपी प्यारापिटको समेत टेण्डर प्रक्रिया सुरु भएर काम अघि बढिसकेको सदस्य–सचिव विष्टले जानकारी दिनुभयो ।

 

0 6

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved