लालबाबुको आडमा श्यामेको यस्तो धन्दा

  • प्रकाशित मितिः पुष २४, २०७५
  • ८७ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । यो शहर । शहरको कुरा नगरौ भन्छु गर्ने पर्ने । शहरका पात्र सम्झदा नी उफ्.......। आज एउटा निम्सरो पात्रले एक जना बलियो प्रवृती केलाउने आँट गरेको छ । रिसानी भए माफ पाम । हुन त हजुरको प्रवृती खोतल्नु र लेख्नु यो शहरका लागि बदमासी ठहरीएला।तर यो बुवुरोले लेख्ने अभिसाप गरेको छ । महासय माफ दिनु होला ।पात्र यस्ता छन् । उनी शहर भरी चर्चामा छन् । उनी यो शहर पसेको लामो समय भएको छैन । त्यसभन्दा अघि उनी कहाँ थिए ? के गर्थे ? उनको व्यबसाय के थियो मलाई त होइन उनी बाहेक अरुलाई थाहा छैन । अव यो शहरलाई त थाहा हुने कुरै भएन । तर उनी यो शहरमा जसरी पसे दुनियाँलाई थाहा हुने गरि पसे । उनको हल्ला खल्लाले यो शहर थर्कियो । शहरकै पहिलो पर्यटनकर्मी । शहरीया सपनाको वादसाहा । अर्थात उनी यो शहरलाई शहर बनाउने ठेक्का उनी आफैले लिएका छन् । शहरीया जिवनलाई नभई नहुने पार्क बालउद्यान पिकनिक स्पोट । सब सव उनैले बनाउने ठेक्का उनैको हो । उनका अघि पछि शहरका केहि पत्रकार भनाँउदाहरु लागे । लेख्न त मलाई लाजै लागिरहेको छ । पात्रकै गाडीमा चढेर पात्रकै भात खाएर पात्रकै लुगा लाएर लेख्न सम्म लेखे,पात्रको गुन गान गाउन सम्म गाए।उनको गुनगानले शहर लजायो । यो वुबुरो पनि लजायो । शहर नजिकका खोला नाला उनले आप्mनो बनाए । कति बैध रुपमा बनाए । कति अबैध भएपनि आप्mनै बनाए । कसरी उनले खोलाको जग्गा आप्mनो बनाए राम जाने । म के जान्नु । तर उनले शहर नजिकका खोला नाला आप्mनै बनाए । कुनैबेलाको तामझामले उनी यो शहरमा चर्चामा रहे । ठूलो व्यबसायी । त्यसमा पनि पर्यटनकर्मी । व्यबसायी उद्योगी । शहरले चाँडै परिचय दियो । हेर्दा हेर्दै शहरले उनको रुप फेरिदियो । नेता उनका भए । मन्त्री उनका भए रे । सुनेको हो । हुँदा हुँदा लालबाबु पण्डित उनकै भए । फोन गर्दा उनका सहयोगी भन्छन् सर लालबावु पण्डितसँग हुनुहुन्छ । अव कसैको केहि लाग्छ ? कुरा सुन्यो फोन राख्यो । लालबावुको व्यपारपनि शहरमा केहि समय चल्यो । अहिले पनि चलिरहेको छ ।
शहर हो । शहरले रुप फेरिरहन्छ । यो शहर पनि केराको पात जस्तो । आज ती पात्र गुमनाम छन् । जसलाई भात खुवाए । तीनै आज बैरी छन् । जसले तेल लगायो उही बैरी भो । शहर भरि उनले तिर्न पर्ने ऋणको भार धेरै छ । नेताको पैसा तिर्नु छ । व्यपारीको पैसा तिर्नु छ । पत्रकारको पैसा तिर्नु छ । तिर्नु पर्ने धेरै भएपछि उनको चिया पसलसँगको सम्बन्ध टाडिएको छ । निजिकका मित्रहरु पराई भएका छन् । साला यो पैसा ? पैसा नभएको भए ? न तिनी कसैका पराई हुन्थे न उनको चिया पसलको सम्बन्ध बिरानो हुने थियो । आज उनलाई यही शहरले बिरानो बनाएको छ । दुई चार वटा मोवाइल नम्बर छन् । ति नम्बर स्वीच अफ छ । उनलाई भेट्न गाहे छ । उनलाई समयले लुकि लुकि हिड्ने बनायो । छिपी छिपी बस्ने बनायो । बिचरा .......श्याम । बिचरा पर्यटनकर्मी .....बिचरा लालबावुका सेवक ।
भष्मे डन

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved