चलचित्र ‘मिराज’ को पोष्टर सार्वजनिक

  • प्रकाशित मितिः पुष २५, २०७५
  • २४ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । निर्माता तथा कलाकार प्रकाश सुब्बाले बाल मनोविज्ञानमा आधारित चलचित्र ‘मिराज’ निर्माण गरेका छन् । मंगलबार फिल्मको पोष्टर सार्वजनिक गरिएको छ ।

चलचित्रमा प्रकाश १५ वर्षको बालक र ३० वर्षको युवकको भूमिकामा देखिएका छन् । १५ वर्षको बालकको भूमिका निर्वाह गर्नका लागि उनले २० किलो तौल घटाएका थिए । 

पूर्वी नेपालको विभिन्न स्थानका दृश्य समेटिएको फिल्ममा अशोक चेम्जोङ, रुबी आचार्य, गुरु लामा कार्की, सरोज केसी, तीर्थ यक्सो, शिशिर सुवेदी, केशव रायमाझी, दिनेश कोइराला, भीम लामालगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

उक्त चलचित्र बनाउन तीन वर्ष लागेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा संगीतकार बलराम समाल र मनोज मोतेको दुई वटा गीत रहेका छन् । ‘मिराज’ बाल मनोविज्ञानमा आधारित पहिलो चलचित्र समेत रहेको निर्माण पक्षले दावी गरेको छ । 

सन्पेन्स रहेको चलचित्र बैशाखमा प्रदर्शन हुने निर्माता सुब्बाले जनाएका छन् । प्रकाश सुब्बाले यसअघि त्रास, बाटो मुनिको फूल २, गोल लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved