‘जनप्रतिनिधि नहुदा जनतालाई सास्ती’

  • प्रकाशित मितिः पुष २५, २०७५
  • ३० पटक पढिएको
  • सञ्चारपाटी
alt

  • सुस्मीता राई

जनताको सेवा का लागि खटिने प्रतिबद्धता जाएर गर्दै निर्बा्चित भएका पथरीशनिस्चरे वडा नं. ३ का जनप्रतिनिधिलाइ भेट्न अहिले सेवा ग्राहीलाइ निकैनै हम्मे हम्मे पर्ने गरको छ । जनप्रतिनिधि आएपछी छिटो अनि छरितो काम हुने कुरामा ढुक्क भएका स्थानीयबासि पथारिशनिस्चरे वडानं.३ का जनप्रतिनिधिको ब्यबहारले निकै नै निरास अनि हतास समेत भएका छन् ।

छोराको मृत्यु दर्ता बनाउन लगातार पाच दिनसम्म कार्यलय धाउदा पनि वडा अध्यक्ष को अनुपस्थितिमा काम हुन नसकेको एक महिला बताउछिन् । वडाअध्यक्ष कार्यलयमा उपस्थित नभइदिदा दैनिक जसो धेरै सेवाग्राही निरास भएर फर्कन बाध्य भएको नाम नखुलाउने सर्तमा एक स्थानीयबासीले बताए । 

वडाअध्यक्ष डम्बर बहादुर चेम्जुङ्ग धेरैजसो वडा कर्यलायमा अनुपस्थित रहने र उपस्थित भएको दीन पनि कार्यलय समय भन्दा ढिलो आइ फेरि बिचमै निस्केर जाने गरेको सेवाग्राही को गुनासो छ । वडाअध्यक्ष अनुपस्थित भइरहदा वडा सचिब समेत कर्यलाय मा देखिदैनन् । पथरिशनिस्चरे वडा न १ र ३ मा एउटै सचिब ले काम गरिरहेका छन । जसलेगर्दा दुबैवडाका सेवाग्राही वडासचिब को ब्यवहार देखी पनि दिक्क भएका छन् । वडाकार्यलय मा अनुपस्थित भई वडाअध्यक्ष स्कूल को बनभोज अनि आफ्नै व्यक्तिगत काम मा सरिक भएको एक स्थानीयबासीले नाम नखुलाउने सर्तमा हामीलाई बताए ।

वडाकार्यलयमा सधैजसो १ , २ जना वडा सदस्य अनि अन्य २ जना कर्मचारी बाहेक अरु जनप्रतिनिधि कोहि भेटीदैनन् ।

कहिले बाटोको कुरालाई लिएर त कहिले जग्गा पास को कुरालाई लिएर यहांका जनप्रतिनिधि पहिलेबाटनै धेरै पटक आलोचित हुदै आएका छन् । केहि समय पहिला जनप्रतिनिधिको ब्यबहारले निरास भएर वडाकार्यलय घेराउ देखि लिएर अन्य बिरोध का कार्यक्रम नगरेका पनि हैनन् तैपनि अझै वडाअध्यक्ष को ब्यबहारमा परिबर्तन नभई उल्टै कान मा तेल हालेर बस्नु कति सम्म उचित होला त ?स्थानीय जनतालाई छिटो अनि सजिलै सेवा सुबिधा दिने अनि विकास गर्ने प्रतिबद्धता जनाउदै निर्बा्चित भएर आएका जनप्रतिनिधिबाटै यस्तो व्यवहार भएपछि स्थानीयबासि जनप्रतिनिधि प्रति आक्रोसित हुनु स्वभाविक हो ।

यदि जनप्रतिनिधिको यही व्यवहार हो भने स्थानीयले पथरिशनिस्चरे वडा नं ३ का जनप्रतिनिधिलाई धुलो चटाउने कुरामा कुनै दुइ मत छैन ।

पाठक प्रतिकृया

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved