श्याम बाबाको बार्षिक महोत्सवको तयारी तिब्र

  • प्रकाशित मितिः पुष २५, २०७५
  • ६७ पटक पढिएको
  • सञ्चारपाटी
alt


इटहरी । इटहरीमा श्याम बाबाको बार्षिक महोत्सव हुने भएको छ । श्याम भक्त परिवारको आयोजनामा इटहरीमा आठौ महोत्सवको तयारी भईरहेको आयोजकले जनाएको छ । त्यौ सँगै कार्यक्रमको तयारी पुरा भएको जनाएको छ ।
बिहीबार इटहरीको राधाकृष्ण मन्दिरमा हुन लागेको कार्यक्रममा दिल्लीबाट चर्चित कलाकार शितल पांडे,कोलकताबाट राज पारिख र कटिहारबाट धीरज सिंह समेत महोत्सवमा आउँने आयोजक समितिका संयोजक प्रदिप सन्थलीयाले जनाए । उनले भने हामीले महोत्सवलाई निकै राम्रो बनाउँने प्रयास गरेका छौ ।
बिहीबार बृहत कलश यात्रा सँगै बेलुका भजन संध्या हुने कार्यक्रम तय भई भब्य तयारी भईरहेको आयोजक समितिका शंकर अग्रवालले जनाए । निशान शोभा यात्रा,अखण्ड ज्योती,आलौकिक श्रृगार,दिब्य दर्शन,भब्य दरबार,मधुर भजन,छप्पन भोग,विशाल भण्डार लगायतका विशेष आकर्षण रहेको राजेश अग्रवालले जनाए । उनले भने २५ सय भन्दा बढिले कार्यक्रममा सहभागी जनाउँने छन ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved