क्रिस्चियानिटीको प्रचार गरेको हैन : श्रृंखला खतिवडा

  • प्रकाशित मितिः पुष २५, २०७५
  • ४९ पटक पढिएको
  • सञ्चारपाटी
alt

मिस नेपाल श्रृंखला खतिवडाले चेपाङ गाउँका बच्चाहरुलाई क्रिसमस टोपी’ बाँडेको तस्वीर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । कतिपयले उनलाई क्रिस्चियानिटीको प्रवर्द्धन गरेको भनेर आलोचना गरेका छन् ।

मकवानपुरस्थित दुर्गम कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँ ताम्लाङमा श्रृंखलाले हेल्थ पोष्ट निर्माण गर्र्दैछिन् । त्यसैको सिलसिलामा उनी क्रिसमस आसपासको समयमा सो गाउँ पुगेकी थिइन् । उनले गाउँलेहरुका लागि ब्ल्यांकेट, लुगाफाटासहितका सामग्री लगेकी थिइन् । सार्वजनिक भएको तस्वीर त्यही वितरण गर्दाको हो ।

तस्वीरमा उनी सोलार बत्तीको उज्यालोमा क्रिसमस टोपी लगाएर गाउँका बच्चाहरुसँग रमाइरहेकी देखिन्छिन् । बच्चाहरुले पनि क्रिसमस टोपी लगाएका छिन् । यसैलाई लिएर कतिपयले ‘मिस नेपालले क्रिस्चियानिटीको प्रचार गरेको’ भन्दै आलोचना गरेका हुन् ।

तर, श्रृंखलाले भने धर्म प्रचारको उद्देश्यले नभई रमाइलोका लागि बच्चाहरुलाई क्रिसमस टोपी लगाइदिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved