मनकामना मन्दिरको कथा

  • प्रकाशित मितिः पुष २५, २०७५
  • २१६ पटक पढिएको
  • सञ्चारपाटी
alt

मनकामना मन्दिर किन र कहिलेदेखि हाम्रो देश र विश्वका हिन्दुहरूका लागि श्रद्धा र समर्पणको स्थान बन्यो भन्ने इतिहास रोचक छ । मनकामना मन्दिरका पुजारी सिद्धलखन थापाका अनुसार पृथ्वीनारायण शाहका पुर्खा राम शाहको मनकामना नाम गरेकी रानी थिइन् । उनी साक्षात भगवतीको रूप थिइन् तर राजा र जनताका अगाडि उनी सामान्य महिला थिइन् । मनकामनामा ईश्वरीय यथार्थता गुरु गोरखनाथलाई थाहा थियो । यसै क्रममा गुरु गोरखनाथले मनकामनाका लागि शुद्ध चित्त भएको भक्त खोज्न थाले । यस्तो शुद्ध व्यक्ति खोज्दै जाँदा उनले दाउरा काटिरहेको लखन थापालाई भेटे ।

उसको निष्पक्ष सरलता देखेपछि गुरु गोरखनाथले उसलाई शिक्षा र ज्ञान दिए । यसपछि सामान्य व्यक्ति लखनथापा सिद्ध लखन थापा भए।

कालान्तरमा मनकामना देवीले यो संसार छाड्न लागेपछि सिद्ध लखन थापाले पनि देह छाड्ने इच्छा व्यक्त गरे । तर देवीले तिमी अहिले बस, म फेरिकुनै न कु्नै रूपमा प्रकट हुन्छु भनेपछि रोकिए । त्यसपछि आजको मनकामना मन्दिर भएको ठाउँमा आफ्नो खेत जोत्दा हलो ढुङ्गा फुटेर दूध निस्कियो । यो देखेपछि सिद्ध लखन थापा र सबै गाउँलेले यो मनकामना भगवतीको रूप भन्ने बुझी मन्दिर खडा गरे र लखन थापा पुजारी भई ध्यान गरे ।

उनै सिद्ध लखन थापाका सन्तानले त्यस समयदेखि मन्दिरको पुजारीको काम गरे र हालका पुजारी इन्सान थापा यही इतिहासको निरन्तरताका पात्र हुन्।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved