मनमोहन कप क्रिकेट : सेना सेमिफाइनल प्रवेश

  • प्रकाशित मितिः पुष २५, २०७५
  • ५९ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । सुनसरी सदरमुकाम इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गु्रप बी बाट त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

इनरुवा खेल मैदानमा आज सम्पन्न प्रतियोगितामा प्रदेश नम्वर ६ लाई हराउदै आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
अघिल्लो खेलमा प्रदेश तीनलाई पाखा लगाएको आर्मीले शतप्रतिशत नतिजा निकाल्ने क्रममा प्रदेश नम्वर ६ लाई २ सय ४९ रनले पराजित गरेको छ ।

आर्मीले दिएको ३ सय १५ रनको लक्ष पछ्याएको प्रदेश नम्वर ६ ले केवल २५ दशमलव ५ ओभर खेल्दै ६५ रन मात्र बटुल्न सक्यो ।
टिमकालागि फराकिलो जित दिलाउन आर्मीका कुशल मल्लले ४ र सहाव आलमले ३ विकेट लिए । प्रदेश ६ कालागि निश्चल महतले २७ र टेक सलामीले १६ रन जोडे । प्रदेश ६ का ६ जना ब्याट्सम्यान शुन्य रनमा आउट हुन पुगेका थिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल आर्मी ४७ दशमलव २ ओभरमा अलआउट भएको थियो ।  अलआउट हुनुपूर्व क्यापटेन बिनोद भण्डारीको शतकको मद्दतमा त्रिभुवन आर्मी क्लबले ३ सय १४ रन जोडेको थियो ।

विष्फोटक ब्याटिङ गरेका भण्डारीले ६५ बल खेल्दै १३ चौका र ३ छक्काको मद्दतमा १ सय ३ रन जोडे । त्यसैगरी टिमको लागि ३ सय रनको आंकडा पार गराउने क्रममा भीम सार्कीले ९६ रनको पारी खेले ।
खेलको म्यान अफ द म्याच आर्मीका क्यापटेन भण्डारी घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिको खेल प्रदेश ३ र प्रदेश ६ बीच हुने छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved