दुबै मृगौला फेल भएपछि अस्पतालको बेडबाट सहयोगको याचना

  • प्रकाशित मितिः पुष २६, २०७५
  • ७९६ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । दुबै मृगौला फेल भएर उपचार गराइरहेकी प्रतिमा राईले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । धनकुटा ७ साँगुरीगढी निवासी ३६ वर्षिय प्रतिमा दुई बर्षदेखि दुबै मृगौला फेल भएर धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमामा उपचार गराइरहेका छिन् ।

आर्थिक अबस्था निकै कमजोर भएका कारण उपचारमा सहयोग गर्न उनले सबैसँग आग्रह गरेककी हुन् ।

मनकारी सहयोगीहरुको सानो सहयोगले आफ्नो ज्यान बचाइदिन उनले संञ्चारपाटीलाई आग्रह गरिन । उनलाई ९८१९३१७६०३ मा सम्पर्क गर्न सकिनेछ । घर खेत बेचेर उपचार गराइरहेकी प्रतिमा कक्षा ९ मा अध्यनरत छोरीको पढाई समेत रोकिएको गुनासो गरिन् ।

अबको उपचार गर्न आफुसँग पैसा नभएको उनले बताईन । डाइलोसिस सेवा लिइरहेपनि डाक्टरले मृगौला प्रत्यारोपण तत्काल गर्नु पर्ने भनेको उनले बताईन । मृगौला प्रत्यारोपण गरेपछि पनि उपचारका लागि ५-७ लाख रुपैयाँ पैसा आवश्यक पर्ने उनले बताइन् ।

‘उपचारका क्रममा लाखौं खर्च भईसक्यो, भएभरको सम्पति पनि सकियो,’ प्रतिमाले भनिन, ‘सबैको साथ र सहयोगमा मिर्गौला फेरौँ भनेको, आफैले त कसरी जुटाउनु त्यत्रो उपचार खर्च ।’

मेरो जीवन मरण अब तपाईहरुको हातमा छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved