तरहराको सेकुवा मुखै रसाउँने.....

  • प्रकाशित मितिः पुष २६, २०७५
  • १०१ पटक पढिएको
  • सञ्चारपाटी
alt

तरहरा । तरहरामा रहेको लामा सेकुवा सम्झ्निे वित्तिकै मासुका पारखीहरूको मुखमा पानी आउँछ । लामो समय देखि सेकुवा ब्यापार गदै आएका लामा सेकुवाले उल्लेखनीय आर्थिक प्रगती समेत गरेको छ । पसलमा सेकुवा पसलमा सेकुवा खानेहरूको भीड लाग्ने गर्छ । पूर्वाञ्चलवासी र पूर्वतिर आउने–जानेहरूबीच मात्र होइन विदेशमा पनि चर्चित छ यो सेकुवा पसल ।

अहिले तरहरामा दर्जनौ सेकुवा पसल छन् । हङकङ, बु्रनाई र बेलायतबाट आएका धराने हुन् या विराटनगर, काठमाडौँ, पोखरातिरबाट घुम्न आउनेहरूस धेरैका पाइला धरान छिर्ने चारकोशे जङ्गलको मुखैमा रहेका सेकुवा पसलहरू तिर रमाउँनेहरुले भन्ने गर्छ सेकुवा त तरहराको जस्तो भन्न थालिएको छ । साथीभाइ, आफन्तहरू मिलेर सेकुवा खान जाने चलन नै बसिसकेको छ ।
जग्गा किनबेच गर्न, राहदानी बनाउन र अड्डा–अदालतको काम गर्न सदरमुकाम इनरुवा पुग्ने धराने र पेन्सन थाप्न ईटहरी जाने भूतपूर्व सैनिक एवं तिनका परिवारमध्ये प्रायः तरहराका आधा दर्जन सेकुवा पसलमा खसीको सेकुवा, टाउको, सुप, साँदेको, राँगाको सुकुटी, कुखुराको पखेटासित बियर खाने गर्छन ।

अहिले धरान इटहरीको बाटो हिँड्नेहरू तरहराको सेकुवा भनेपछि मरिहत्ते गर्छन् ।

सुनसरीको इटहरी चोकबाट उत्तरतर्फ झण्डै ३ किलोमिटरको यात्रापछि पुगिन्छ तरहरा । इटहरीबाट धरान हुदै यो बाटो धनकुटा सम्म पुग्छ । कोसी राजमार्गमा पर्ने यो सडक खण्डको तरहरामा लहरै २० देखि २५ वटा सेकुवा पसल सञ्चालनमा छन् । यो सडकको यात्रा गर्दा तरहराकोे सेकुवा खान जो सुकै पनि लोभिन्छन् ।

पहिला मालपोतका कर्मचारीदेखि जग्गा व्यापारीको समेत भीडभाड हुने सेकुवा पसलमा अहिले भने ग्राहक पनि पातलिएको देख्न सकिन्छ । ‘पहिलाजस्तो व्यापार छैन तरपनि पसल भने खोलेकै छौ’ लामा सेकुवा पसलका एक कर्मचारीले भने । तरहराबाट उत्तरलागेपछि यहि राजमार्गबाट पुगिन्छ सुनसरीकै अर्को शहर धरान ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved