न्यायीक समिति : न इजालस न कर्मचारी

  • प्रकाशित मितिः पुष २६, २०७५
  • २२१ पटक पढिएको
  • सञ्चारपाटी
alt

सुनसरी । हरेक स्थानीय तहमा अहिले न्याययिक समिति छन् । न्यायायिक समिति भनेको स्थानीय सरकारको न्यायपालिका हो । न्यायपालिका भएपछि यसको बिधि र बिधान पनि छुट्टै नै हुन्छ । तर न्यायीकि समितिलाई चाहिने भौतिक पूर्वाधार नहुँदा प्रदेश नम्बर एकका स्थानीय तहका न्यायीकि समितिको काम भने प्रभावित छ । इटहरी उप महानगरपालिकाको मेयर र उप मेयरको कार्यालय भएको घर हतार हतारमा बनाइयो । दुई तिर मेयर उप मेयरको कार्यकक्ष बिचमा खाली ठाँउ मानिसहरुको भिडभाड र जमघट । यी जमघट र भिडभडका बिचमा इटहरी उप महानगरले न्याय जस्तो संवेदनशिल बिषयको काम गरिरहेको छ । न्यायकि समितिका संयोजक तथा उप मेयर लक्ष्मी गौतम भौतिक संरचनाको अभाबमा न्याय निसाफको काम प्रभावीत भएको स्वीकार गर्छिन् । उनलाई थाहा छ –‘न्याय निसाफ संवेदनशिल बिषय हो ।’तर यति जान्दा जान्दै पनि इजालस नहुँदा जे छ त्यसैको प्रयोग गरेर न्याय निसाफको काम गरिरहेको बताइन् । न्यायपालिकामा उजुरी दर्ता भएपछि प्रतिवादी खाप्ने मौका दिइनु पर्छ । यो सँगै आप्mनो वकिल राख्ने, प्रमाणहरु देखाउने अवसर पनि चाहिन्छ । तर इजालासको अभाबमा यी कामहरु प्रभावित छन् । उप मेयर गौतम भन्छिन् –‘ यी सवै प्रकृया पुरा गर्नका लागि इजालस आवश्यक छ । यो नभई न्याय निसाफाको काम सुचारु ढंगले अगाडि बढ्न सक्दैन । इटहरी उप महानगरपालिकाको जस्तै समस्या छ मोरङ्गको बेलबारी नगरपालिकाको । इजालस नहुँदा धेरै जसो मुद्या मेलमिलापमा टुङ्गो लगाएको उप मेयर ढाका पराजुली बताँउछिन् । उनका अनुसार भौतिक पूर्वाधारको अभाबमा न्याय निसाफाको काम प्रभावित भएको छ । उप मेयरको कार्य कक्षलाई न्यायलय बनाउनु परिरहेको छ । गोपनियता भंग हुने डर त रहन्छ नी सुरक्षीत स्थान समेत नहुने भएकाले पक्षहरुको बिश्वास जित्न समस्या छ । मानिसहरुको भिड र जमघटमा न्याय निसाफ गर्दा कस्तो हुन्छ तपाँइ आफै अनुमान लगानुस् पराजुलीको प्रश्न छ । स्थानीय तहले अहिले १३ वटा बिषयमा अन्तिम फैसला नै गर्ने अधिकार पाएको छ । तर फैसला कसरी र कहाँ गर्ने स्थनीय निकायमा रहेको न्यायकि समितिहरुका लागि टाउको दुखाईको बिषय बनेको छ । आलीधुर, बाँध पैनी, ज्याल नपाएको बार्षीक २५ लाखरुपैयाँ सम्मको बिगो सम्मको मुद्याको छिनो फानो न्यायीक समितिबाटै गर्न पाउने छ । यो बाहेक जेष्ठ नागरिकको पालन पोषण, घरबहाल लगायतका बिवादको निरुपण गर्ने अधिकार समेत स्थानीय तहमा गठन भएको न्यायीक समितिले गर्न पाउने छ ।

छैनन् कर्मचारी

इनरुवा नगरपालिकाको न्यायिक समितिमा कर्मचारी छैनन् । उजुरी प्रशासकको दरवन्दी भएपनि उजुरी प्रशासक नहुँदा काम गर्न समस्या भएको छ । उजरी प्रशासक नहुँदा स्वास्थय फाँटको कर्मचारीलाई काम लगाँउदा समस्या भएको इनरुवा नगरपालिकाका उप मेयर तथा न्यायकि समितिका संयोजक जुमना पोखरेल बताँउछिन् । उनका अनुसार कर्मचारी माग गरेको लामो समय भयो तर उजुरी प्रशासक अहिले सम्म नियुक्ती हुन सकेको छैन। इटहरी उप महानगरपालिकामा बल्ल बल्ल उजुरी प्रशासकको नियुत्ती भएको छ। तर उजुरी प्रशासक बस्ने स्थान समेत छैन । कार्यकक्षको अभाबमा काम प्रभावित भएको छ । प्रदेश नम्बर एकका धेरै जसो स्थानीय तहका न्यायिक समितिमा कर्मचारी छैनन् । भएकालाई समेत काम गर्नका लागि कार्यालय नभएको स्थानीय तहका न्याययिक समितिहरु बताँउछन् । बजेट नै छुट्याइएको छैन । बजेट बिना न्याय निसाफको काम कसरी अगाडी बढ्छ झापा स्थित बाँहदशी गाँउपालिकाका उपाध्यक्ष तथा न्यायकि समितिका संयोजक रत्ना राजबंशी बताँउछिन् ।

राजनीतिक दवाव

न्यायपालिका स्वातन्त्र र निस्पक्ष हुन्छ । तर राजनीतिक दलबाट उम्मेद्वार बनेका र जितेका उप मेयर उपाध्यक्षहरु नै न्याययिक समितिको संयोजक हूँदा न्याय निसाफमा राजनीतिक रंग देखिएको छ। राजनीतिक दलको कार्यकर्ता हुँदा हुँदै पनि न्याय मूर्ती बन्नु पर्दा समस्या आएको छ । इटहरी उप महानगरकी न्यायिक समितिका संयोजक लक्ष्मी गौतम बताँउछिन् । हामीलाई पनि बिभिन्न खालका दवाव आँउछन् । कतिपय अवस्थामा आप्mनै पार्टीका नेताहरुको समेत दवाव आँउछ तर मैले न्याय निसाफमा राजनीतिक रंग दिएको छैन । मैले स्पस्ट रुपमै भन्ने गरेको छु मलाई न्यायीक समितिमा भनसुन नगर्नु होला । इनरुवा नगरपालिकाका उप मेयर तथा न्यायीक समितिका संयोजक जमुना पोखरेल पनि राजनीतिक दवाव आउने गरेको बताँउछिन् । हामीलाई माथिल्लो स्तरबाटै दवाव आइरहेको हुन्छ । उनले भनिन् –‘हामी सवै दवावलाई थेगेर हिडिरहेका छौ । ’

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved