फिदा हुसेनको गोली हानी हत्या गर्नेहरु सार्वजनिक

  • प्रकाशित मितिः पुष २६, २०७५
  • ३३६४ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । सुनसरी दुहबीका फिदा हुसेनको गोली हानी हत्या गर्नेहरुलाई सुनसरी प्रहरीले सार्वजनिक गरेको छ ।  सार्वजनिक गरिएकाहरुमा सुनसरीका छाताबेलीका २८ बर्षिय सकिम हुसेन, सोही ठाँउ बस्ने ३१ बर्षिय जाबिर हुसेन, दुहबी १२ सितापुरका ६० बर्षिय बिसम्बर यादव र दुहबी ९ का जफार मिया रहेका छन् ।

उनिहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली समेत बरामद गरेका छ ।  जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवामा उनिहरुलाई सार्वजनिक गदै हुसेनको हत्या आपसी रिसिबीको कारण भएको प्रहरीले बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सुनसरीका एसपी राजन अधिकारीले घटनाको बिषयमा अनुसन्धान अझै जारी रहेको बताए । केन्द्रिय अनुसन्धान ब्यूरो र १ नंम्बर प्रदेशको बिशेष टोली उनिहरुलाई घटना भएको ढेड महिना पछि पक्राउ गरेको हो ।

एक जनालाई नेपालगंञ्ज, दुई जना भारत र एक जनालाई दुहबीबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा एक जनालाई भने सार्वजनिक गरिएन । 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved