मनमोहन क्रिकेट कप : प्रतिष्ठाको लडाईमा प्रदेश ३ को सहज जित

  • प्रकाशित मितिः पुष २६, २०७५
  • ५१ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत ग्रप द्य को आफ्नो अन्तिम खेलमा प्रदेश नम्वर ३ बिजयी भएको छ ।

इनरुवा खेल मैदानमा प्रदेश नम्वर ६ ले दिएको १ सय १२ रनको झिनो लक्ष प्रदेश ३ ले २६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर भेटायो ।
टिमका लागि ६ विकेटको जित दिलाउने क्रममा प्रदेश ३ का आसुतोस घिरियाले २० र सोनु तामाङले नटआउट १४ रनको महत्वपूर्ण पारी खेले । टिमकालागि आदिल खानले २६ रन बनाउँदा इशान पाण्डेले २० र जितेन्द्र सिङ ठकुरीले १६ रन जोडे । प्रदेश ६ का दिवान पुन, युवराज केसी, राज साह र रविन्द्र जङ साहीले एक–एक विकेट लिए ।
आजको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश ६ विपक्षी टिमको धारिलो बलिङसामू पुरा ५० ओभर क्रिजमा टिक्न सकेन् ।
२९ दशमलव २ ओभरमा अलआउट हुन पुगेको प्रदेश नम्वर ६ ले कपतान रविन्द्र जङ साहीको ३९ र निश्चल रावतको २२ रनको मद्दतमा १ सय ११ रन जोडेको थियो । टिमकालागि अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अङको आंकडा छुन सकेनन् । उसले ३२ रन अतिरिक्त पाएको थियो ।

प्रदेश ६ लाई झिनो रनको स्कोरमा रोक्ने क्रममा प्रदेश ३ का सूर्य तामाङ एक्लैले ५ विकेट लिए । ९ दशमलव २ ओभर बलिङ गरेका तामाङले २ मेडन ओभर राख्दै २२ रन खर्चिए । खेलको म्यान अफ द म्याच बिजयी टिमका कपतान समेत रहेका सूर्य तामाङ घोषित भए ।

प्रदेश ३ ले पहिलो जित निकालेपनि अघिल्लो चरण प्रवेश गर्न भने पाएन् । गु्रप द्य बाट सतप्रतिशत नतिजा निकाल्दै त्रिभुवन आर्मी क्लब यसअघिनै सेमिफाइनल प्रवेश गरिसकेकाले आजको खेल प्रदेश ६ र प्रदेश ३ दुवै टिमकालागि प्रतिष्ठाको लडाई मात्र बन्यो । प्रतियोगिता अन्र्तगत भोलिको खेल एपीएफ र प्रदेश नम्वर १ बिच हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved