भीरबाट लडेर एकको मृत्यु

  • प्रकाशित मितिः पुष २६, २०७५
  • ९५ पटक पढिएको
  • सञ्चारपाटी
alt

भोजपुर । भीरबाट लडेर भोजपुरमा एक जनाको मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–६ का ४९ वर्षीय रोहिन्द्र श्रेष्ठको भोजपुर नगरपालिका–६ को भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनीसँगै अर्का एक जना लडेर घाइते भएका छन् । घाइते हुनेमा सोही गाउँपालिका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेका छन् ।

भोजपुर सदरमुकामबाट घर फर्कने क्रममा पिखुवा खोला नजिकै उनीहरू सडकबाट करिब ३० मिटर तल झरेका थिए ।
 
टाउकोमा गहिरो चोट लागेका रोहिन्द्रको उपचारका क्रममा बुधबार राति साढे १० बजे जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक केशव कुमार थेबेले जानकारी दिए । घाइते चन्द्रबहादुरको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved