सुनसरीमा १२ बर्षिय बालक एक हप्तादेखि बेपत्ता

  • प्रकाशित मितिः पुष २६, २०७५
  • १५६ पटक पढिएको
  • सञ्चारपाटी
alt

सुनसरी । दुहवी २ स्थित घर भएको वर्ष १२ का माउण्ट मनास्लु सेकेण्डरी स्कुल दुहवीमा कक्षा ६ मा पढने प्रेम कुमार चौधरी गत शुक्रवार दिउँसो देखि वेपत्ता भएका छन । बालक वेपत्ता भएपछि उनका आफ्न्तले इलाका प्रहरी कार्यालय दुहवीमा शुक्रवारनै उजुरि दिएपनि अहिले सम्म फेला परेको छैन ।

बालकका पिता राम कुमार चौधरीले विहीवार दुहवीमा पत्रकार सम्मेलन गर्दै शुक्रवार देखि हराएको आफ्नो छोरा खोजिदिन आग्रह गरेका छन । पिता राम कुमार चौधरीले शुक्रवार देखि वेपत्ता भएको बालक अपहरण भएको हुँन सक्ने आशंका गरेका छन । वेपत्ता भएका बालक शुक्रवार विहान ६ बजे टियूसन पढ्न भनि साइकलबाट माउण्ट मनास्लु सेकेण्डरी स्कुल दुहवीमा गएको राम कुमार चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved