पोलिटब्युरोमा पूर्वमाओवादीको ५० प्रतिशत दाबी

  • प्रकाशित मितिः पुष २६, २०७५
  • ६६ पटक पढिएको
  • सञ्चारपाटी
alt

नेकपाको पोलिटब्युरोमा पूर्वमाओवादीले ५० प्रतिशत दाबी गरेको छ । कार्यदल बैठकमा सम्मानजनक एकताका लागि भन्दै पूर्वमाओवादीले बराबरी हुनुपर्ने तर्क गरेको हो । ‘पोलिटब्युरोमा ५०/५० प्रतिशत भागबन्डा हुनुपर्ने दाबी गरेका छौँ’ पूर्वमाओवादीका एक नेताले भने, ‘तर, पूर्वएमालेले ६०/४० का आधारमा हुनुपर्ने अडान लिएको छ ।’ 

४४१ सदस्यीय केन्द्रीय समितिको एकतिहाई पोलिटब्युरोमा रहनेछन् । छलफल जारी रहेकाले सार्वजनिक गर्न नमिल्ने कार्यदल सदस्य वेदुराम भुसालले बताए ।

‘कार्यदलभित्र बाहिर केही नबोल्ने आचारसंहिता बनाएका छौँ’ भुसालले भने, ‘सहमति भएपछि सबै थाहा पाइहाल्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved