‘हाम्रो पाइला अभियान’ अन्तर्गत सदा परिवारलाई घर हस्तानतरण (फोटो सहित)

  • प्रकाशित मितिः पुष २७, २०७५
  • १७३ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । सामाजिक अभियान्ता एवम संञ्चारकर्मी कृष्णकला राईको पहलमा निर्माण भएको घर कुष्ठरोगी लालचन्द सदालाई हस्तानतरण गरिएको छ । ‘हाम्रो पाइला, तपाईको लागी’ अभियान अन्तर्गत एक लाख ४५ हजार १५४ रुपैयाको लागतमा इटहरी ७ का सदालाई पक्की घर एक कार्यक्रम गरि हस्तानतरण गरिएको हो ।

घरलाई काग्रेस नेता एवम समाजसेवी हेमकर्ण पौडेल, ७ नं. वडाका वडा सदस्य जिरा चौधरी र अग्रज पत्रकार याम प्रधानले संयुक्त रुपमा चाबी सदालाई परिवारलाई हस्तानतरण गरिएको थियो ।

देश बिदेशबाट सहयोगी हातबाट संकलित रकमले खर र टाटीले बेरेको घरमा कष्टकर जिवन बिताइरहेका सदा परिवार घर पाएपछि निकै खुशी देखिन्थे ।
कार्यक्रममा स्थानिय कमल बाबु मैनालीले सदा परिवारलाई सिरक डस्ना समेत हस्तानतरण गरेका थिए ।

_MG_7777 अभियान्ता राईलाई सम्मान
घर हस्तानतरण कार्यक्रममा अभियान्ता राईलाई सम्मान गरिएको छ । कार्यक्रमका अतिथिहरुले राईको अभियान समाजको

‘उदाहरणिय’ काम भएको भन्दै खदा र माला लगाएर उनलाई सम्मान गरिएको हो । सम्मानपछि बोल्दै राईले आफुले थालेको अभियान देश बिदेशमा रहेका सहयोगी मनले गरेको आर्थिक सहयोगले सफल बनेको बताईन ।

आगामी दिनहरुमा समेत दुखीहरुको सहयोगको लागी अभियान संञ्चालन गदै लाने राईले उद्घोष गरिन ।

_MG_7770

सदा परिवार खुशी
घर पाएपछि लालचन्द सदाले पक्की घरमा बस्ने सपना पुरा भएको प्रतिकृया दिए । ‘धेरै खुशी छु, कृष्णकला दिदी मेरा लागी भगवान साबित हुनुभयो’ । समाजमा कृष्णकला जस्ता मान्छे भएरै हामी दुखी गरिबले ठुलो साहारा पाएको बताए ।

आफ्नो अबस्था देखेर सबैले गर्नु भएको सहयोग प्रति पनि लालचन्द आभारी भएको बताए ।

_MG_7820 1

_MG_7811

_MG_7793

_MG_7787

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved