राष्ट्रपतिलाई सलामी दिएर मनाइयो पृथ्वी जयन्ती !

  • प्रकाशित मितिः पुष २७, २०७५
  • ४२ पटक पढिएको
  • सञ्चारपाटी
alt

पृथ्वीजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानदेखि सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पदयात्रा र र्‍याली निकालियो । पृथ्वीनारायणको शालिक अगाडि राष्ट्रपति विद्या भण्डारीलाई एउटा रातो टालोमा उभिन लगाएर नेपाली सेनाले सलामी अर्पण गर्‍यो ।

राष्ट्रपति भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् ।

र्‍यालीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी,  नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गांगा उप्रेतीलगायत सहभागी भएका थिए । समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा लगायतका नेताहरु पनि सहभागी थिए ।

समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराइएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन बजाइएको थियो ।

गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेकाले उनको सम्मानमा जन्मजयन्तीको अवसर पारेर पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिएको हो । पृथ्वी जयन्तीको दिन दिँदै आएको विदा भने सरकारले कटौती गरेको छ ।

अनलाईन खबरबाट

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved