विवेकशील साझा पार्टी फुटको संघारमा

  • प्रकाशित मितिः पुष २७, २०७५
  • ६० पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं। विवेकशील साझा पार्टीका ३५ मध्ये १६ जनाले नयाँ दल दर्ताको निवेदन दिएका छन्। पार्टीको उज्वल थापा समूहका १६ सदस्यले  विवेकशील नेपाली दल नाम माग गर्दै नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्ट श्रेष्ठ, रमेश पौडेल, सुवुना भट्ट, डा. अंशु थापा लगायत रहेका छन्।

संयोजक रबिन्द्र मिश्र र थापाबीच पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिका लगायतका विषयमा पार्टीभित्र मतभेद चुलिएको थियो। पुस ३० गतेकालागि बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक अघि पार्टी सदस्यहरु स्पष्ट रुपमा मुलतः रबिन्द्र मिश्र र उज्वल थापा गुटमा विभाजित देखिएका थिए। 

मूल्य मान्यताको राजनीति र सुसंस्कृत राजनीतिबाट पार्टी मोडिएको आरोप लगाउँदै उज्वल थापा समूह टुक्रिएको हो। संयोजक थापाले पार्टीमा बुझाएको समीक्षा प्रतिवेदनलाई  रविन्द्र मिश्र समूहले वेवास्ता गरेर उनीहरुलाई अल्पमतमा पार्न ६ केन्द्रीय सदस्य थप गर्न लागे पछि पार्टी फुटको संघारमा पुगेको हो। 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved