एपीएफका यज्ञमानको ७ विकेटसँगै प्रदेश १ को लज्जास्पद हार

  • प्रकाशित मितिः पुष २७, २०७५
  • ३२ पटक पढिएको
  • सञ्चारपाटी
alt

सुनसरी । एपीएफका यज्ञमान कुमाल चम्कदा प्रदेश नम्वर एकले मनमोहन स्मृती एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लज्जास्पद हार बेहोरेको छ ।

१ सय ५५ रनको झिनो लक्ष पछ्याउदै मैदान उत्रिएको प्रदेश नम्वर एक १७ दशमलव ५ ओभरमा अलआउट हुन पुग्यो । प्रदेश एकलाई सस्तैमा समेट्न एपीएफका यज्ञमान कुमाल एक्लैले ७ विकेट लिए । कसिलो बलिङ गरेका कुमालले ५ दशमलव ५ ओभरमा एक मेडन राख्दै १६ रन दिएर प्रदेश एकका ७ ब्याट्सम्यानलाई पेविलियन फर्काएका थिए ।

त्यसैगरी कमल सिङ ऐरीले ५ ओभरमा केवल ३ रन दिएर १ विकेट चटकाए । टिमकालागि भुवन कार्कीले २ विकेट हात पारे । प्रदेश एककालागि फिरदोस अन्सारी र निरज मुखियाले समान २३ रन जोडे । दिपेश कंडेलले १८ रन जोड्दा मुकुन्द यादवले १५ रन बटुलेका थिए । प्रदेश एकका सिद्धान्त लोहनी, मिनस थापा, पुष्प थापा र मनोज मण्डल शुन्य रनमा आवट हुन पुगे ।


१ दशमलव ६ ओभरमै पहिलो विकेट गुमाएको प्रदेश एकका ब्याट्सम्यान क्रिजमा सम्हालिन सकेनन्् र एकपछि अर्को विकेट गुमाउन पुग्दा टिमले लज्जास्पद हार बेहोर्न पुग्यो । इनरुवा खेल मैदानमा जारी प्रतियोगितामा कम स्कोरमा कुनैपनि टिम समेटिएको यो पहिलो पटक हो ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको एपीएफले मजबुत सुरुवात गरेपनि चौथो ओभरमा पहिलो विकेटको क्षतिसँगै लय गुमाएको थियो ।
प्र

देश एकका बलर र फिल्डरहरुले राम्रो प्रर्दशन गरेपछि दबाब महसुस गरेका एपीएफका ब्याट्सम्यान खुलेर क्रिजमा टिक्न सकेनन् र पुरा टिम ३६ ओभरमा अलआउट हुन पुग्यो । अलआउट हुनु पुर्व एपीएफले आसिफ सेख र कमल सिङ ऐरीको समान ३३ रन मद्दतमा १ सय ५४ रन बनाएको थियो । टिमकालागि पुरन वि.क.ले २८ र प्रजवल साहीले १४ रन जोडेका थिए ।

प्रदेश एकका दिपेश कंडेलले ४ र सिद्धान्त लोहनीले ३ विकेट लिए । प्रतियोगिताको म्यान अफ द म्याच एपीएफका यज्ञमान कुमाल घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिको खेल प्रदेश ४ र एपीएफ बिच हुने छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved