इटहरीमा पनि मनाइयो राष्ट्रिय एकिकरण दिवस

  • प्रकाशित मितिः पुष २७, २०७५
  • ७८ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । राष्ट्रिय एकिकरण दिवस इटहरीमा पनि मनाइएको छ । दिवस मनाउन भेलाहरुको नगर परिक्रममा गरी स्काई प्लाजा अगाडी कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा वक्ता सुरेन्द्र केसी र राजेश अहिराजले पृथ्वी नारायण साहले नेपाललाई गरेको एकिकरणको बिषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय एकिकरणमा पृथ्वी नारायण साहको भुमिका बिषयमा आयोजना गरिएको बतृत्वकलामा उत्कृष्ठ भएका बिद्यार्थीहरुको प्रस्तुति समेत रहेको थियो ।

49569681_2174183726175679_1031650637693059072_n जसमा सहभागी ७ वटा कलेज मध्ये कस्तुरी कलेजका सफल पोख्रेल प्रथम, सुषमा गोदावारी कलेजका राहुल सुब्बा दोस्रो एवम् विश्व आदर्शका साक्षी नेपालले आफ्नो प्रस्तुती बाचन गरेका थिए ।

साथै २१ वटा सहभागी विधालयहरू मध्ये प्रथम ब्राइट फ्युचरका पुस्तीका भण्डारी, दोस्रो कोशी सेन्ट जेम्सका आरती रोय र तेस्रो रविन निरौलाले पनि राष्ट्रिय एकिकरणमा पृथ्वी नारायण साहको भुमिकाको बिषयमा आफ्नो प्रस्तुति बाचन गरेका थिए ।
उनिहरुलाई कार्यक्रमा पुरस्कृत गरिएको थियो ।

fd

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved