फुट्यो विवेकशील पार्टी

  • प्रकाशित मितिः पुष २७, २०७५
  • ४६ पटक पढिएको
  • सञ्चारपाटी
alt

विवेकशील साझा पार्टी विभाजन भएको छ । दुई पार्टी एकीकृत भइ बनेको साझा पार्टीमा दुई जना संयोजक रहेका थिए । दुई संयोजक मध्येका उज्वल थापाले पार्टी फूटाएका हुन् । नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्तासमेत भइसकेको नेता रमेश पौडेलले बताए ।

विवेकशीलमा रवीन्द्र मिश्र, मुमाराम खनाल र सूर्यराज आचार्यले एकलौटी रुपमा ५ जना केन्द्रीय सदस्य थप गरेको, सहमतिबीनै प्रदेश संयोजक थप गरेको र १२ वटा विभाग खारेज गरेपछि विवाद उत्पन्न भएको थियो ।

अर्का पार्टी संयोजक मिश्र पक्षले ३० पुसमा केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । मुमाराम र केशव दाहालले पार्टीमा बढी चलखेल गरेको उज्जवल पक्षको आरोप छ । यि दुबै जना नेता नयाँ शक्ति पार्टी परित्याग गरी विवेकशीलमा प्रवेश गरेका थिए ।

३७ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीका बहुमत सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगलाई बुझाएका छन् । प्रदेश ३ का तीनै जना प्रदेश सांसद्हरु शोभा शाक्य, विराजमान श्रेष्ठ र रमेश पौडेलले उज्जवलको पक्षमा रहेका छन् । त्यस्तै, जसमा रञ्जु दर्शना लगायतका नेताहरु पनि नयाँ पार्टीमा छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved