डा. केसीको स्वास्थ्यमा समस्या

  • प्रकाशित मितिः पुष २८, २०७५
  • ३० पटक पढिएको
  • सञ्चारपाटी
alt

३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य २६ पुस रातिदेखि बिग्रिन थालेको छ। 

यसअघिको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्नेलगायत मागसहित २५ पुसदेखि डा. केसीले इलाम सदरमुकाममा अनशन शुरु गरेका छन्। विस्तारै स्वास्थ्यमा समस्या देखिन थालेको उनको हेरचाहमा रहेका डा. रामकृष्ण आचार्यले बताए।

उनका अनुसार डा. केसीको रक्तचाप कम हुँदै गएको छ भने शरीरमा चिसो पसिना आउने, हात थर्थराउने, छाति दुख्ने र खोकी लाग्ने समस्या देखिएको छ।

शरीरमा पानीको मात्रा कम हुँदै गएको छ भने ‘इलेक्ट्रोलाइट्स’को कमीका कारण नसामा क्यानुला राख्न सकिएको छैन। हालसम्म मुटुको चाल भने सामान्य छ। कुनै पनि बेला मुटुको चाल असामान्य हुनसक्ने भएकाले जिल्ला अस्पताल इलामका चिकित्सकसहितको टोलीले निरन्तर निगरानी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved