मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

  • प्रकाशित मितिः पुष २८, २०७५
  • ४१ पटक पढिएको
  • सञ्चारपाटी
alt

डोल्पा । हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन्। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ हो। शे–फोक्सुण्डो गाउँपालिका –४ स्थित राहाप गुम्बाका बौद्धमूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको बौद्धबाटै प्रहरीले पक्राउ गरेको हो।

गुरुङ गत स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको  ५ को अध्यक्षमा स्वतन्त्रबाट विजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved