इटहरी । सुनसरीको इटहरी २० तरहराको जंगलमा ११ जना भारतीय नागरिक भेटिएका छन । लकडाउन भए सँगै सुनसरीको तरहराको चारकोशे झाडीमा फेला परेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
फेला परेका विदेशी नागरिक सबै भारतका मुस्लिम समुदायका हुन् । उनीहरू भोजपुरमा काम गर्नका लागि आएको र लकडाउनले जान नपाए पछि तरहराको खोटो कम्पनी छेउमा बस्दै आएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले जनाए । उनीहरु करिब एक महिना देखि त्यही बस्दै आएका रहेछन डिएसपी भण्डारीले भने ।
उनीहरुलाई एम्बुलेन्समा राखेर इटहरी अस्पताल लगिएको प्रहरीले बताएको छ । उनीहरुको र्यापिट टेष्ट गरि क्वारेन्टाईनमा राख्ने तयारी भइरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । उनीहरु तरहरामा बस्दै आएको स्थानीय सर्वसाधरणहरुले बताएका थिए ।
केहि दिन अघि पनि मोरङ र सुनसरीको मस्जिदमा फेला परेका विदेशी नागरिकलाई दुवै जिल्लाको प्रशासनले ज्वरो र स्वाब जाँच गराएर होम क्वारेन्टाइनमा राखेको छ । भारतीय नागरिकहरु लुकिछिपि नेपाल भित्रन सक्ने भन्दै प्रहरीले बोर्डर क्षेत्रमा कडाई गरिरहेको जनाएको छ ।
रिर्पोट नेगेटिभ
इटहरीमा भेटिएका ११ जना भारतीय र २ जना चीनीया नागरिकको आरडिटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको छ । खोटो संकलनका लागि जम्मूकश्मिरवाट नेपाल आएर भोजपुर जाँदै गर्दा लकडाउनमा फसेका ११ जना भारतीय र अप्पो मोवाइलमा काम गर्ने २ जना चिनीयाँ नागरिकको आरडिटि परीक्षण गर्दा सवैजनाको रिर्पोट नेगेटिभ आएको हो ।
उनीहरुलाई जनता क्यापमसको क्वारेण्टाइनमा राखिएको छ । अप्पो मोवाइलमा काम गर्ने चीनीयाहरु भने १ जना दुई महिना देखि र अर्को जना ५ महिना देखि इटहरी वस्दै आएको पाइएको छ । उनीहरुमा कुनै लक्षण देखिएको छैन ।
तस्विर पुरानो हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved