इटहरीमा बायो ग्यास सहित अत्याधुनिक ल्याण्डफिल्ड साईड बन्दै

  • प्रकाशित मितिः असार १०, २०७७
  • ८२४ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । पूर्वका स्थापित र ठूला भनिएका उपमहानगर र नगरपालिकाहरू इटहरी, विराटनगर, धरान, दमकमा फोहोर टाउको दुःखाइको विषय बनेको छ । फोहोर व्यवस्थापनलाई नगरहरूले प्राथमिकता दिन त खोजेका छन । तर, उनीहरू नगरलाई सफा राख्न सक्षम बनिसकेका छैनन । लामो समय देखि फोहोर विवादमा मुछिएको इटहरी उपमहानगरमा भने अत्याधुनिक फोहोर प्रसोधन निमार्णको काम आधाउधि सकिएको छ ।

दददइटहरीको फोहोर ब्यवस्थापनको जिम्मा पाएको वेष्ट इन्भारो म्यानेजमेण्ट प्रालि र वल्र्ड बैकको लगानीमा इटहरीमा अत्याधुनिक ल्याडफिल्ड साईड निमार्णको काम तिब्र हुन थालेको छ । करिब १८ करोडको लागतमा इटहरी उपमहानगरपालिका–१० दुमोटक्का गाउँमा फोहरमैला प्रशोधन केन्द्र निर्माण भइरहेको छ । यो निमार्ण सँगै इटहरीेले अब फोहोर ब्यवस्थापनमा टाउँको दुखाउनु पर्ने छैन ।

उपमहानगरको आफ्नै स्वामित्वमा रहेको साडे ३ बिगाहा जमिनको क्षेत्रका फोहरमैला प्रशोधन केन्द्र निर्माण भईरहेको छ । यो निर्माण सँगै फोहोर ब्यवस्थापनमा टाउँको दुखाउँदै आएको इटहरी उपमहानगरले प्रदेश एकमै चम्किने भएको छ । ल्याडफिण्ड साईडमा अन्य शहरहरुको फोहोर समेत ब्यवस्थापन गरिने भएको छ ।

उपमहानगर क्षेत्रमा उत्पादन हुँदै आएको ३५ देखि ४० मेट्रिक टन सड्ने र नसड्ने फोहर व्यवस्थापन गरिने वेष्ट एण्ड इन्भारो म्यानेजमेण्ट प्रालिका ब्यवस्थापक भरत गिरीले बताए । गत फागुन १ गतेबाट ल्याण्डफिल्ड साईडको काम तिब्र गतिमा हुदै आएको उनी बताउँछन । लकडाउनको कारण केहि ढिला भए पनि निमार्णको काम तिब्र भईरहेको ब्यवस्थापक गिरी बताउँछन ।

इटहरीमा २० बर्षको लागि फोहोर ब्यवस्थापनको जिम्मा पाएको कम्पनीले फोहोर ब्यवस्थापनमा प्रदेश एककै उत्कृष्ट इटहरीलाई बनाउँने दाबी गरेको छ । ब्यवस्थापक गिरी भन्छन् फोहोर फाल्ने ठाउँ नभएर समस्यामा परेका छिमेकी नगरेको फोहोर समेत त्यहाँ फाल्ने ब्यवस्था मिलाईने बताए । अब छिमेकी शहरले पनि फोहोर फाल्ने ठाउँ छैन भनेर टाउँको दुखाउनु पर्दैन गिरी थप्छन् ।
इटहरी उपमहानगरपालिकाले ल्याण्डफिल साईड सम्म पुग्ने कालोपत्रे जग्गा भने इटहरी उपमहानगरले फोहोर कम्पनीलाई उपलब्ध गराई दिएको हो

बायो ग्यास बेच्ने तयारी

इटहरीबासीको घरमा उत्पादन भएको फोहोरले बायो ग्यास निर्माण गरि इटहरीबासीलाई एलपी ग्यास भन्दा कम मुल्यमा वितरण गरिने भएको छ । भान्साबाट निस्कने फोहोरबाट ग्यास उत्पादन गरी त्यसबाटै खाना पकाउने ग्यास बनाईने छ ।

यस अघि नै गोबर र मानव मलमूत्रबाट बायोग्यास उत्पादन भईसकेको भए पनि पछिल्लो समय भान्साबाट निस्कने फोहोरबाट मात्र बायोग्यासको उत्पादन नेपालमै पहिलो हो वेष्ट एण्ड इन्भारोका गिरी भन्छन् । “फोहोर व्यवस्थापनको चिन्ता पनि नरहने, भान्साकै फोहोरबाट खाना पकाउने ग्यास निकाल्न सकिने, यो गजबको छ”, गिरी भन्छन् ।

चिया पकाइसकेपछि उब्रेको चियापत्ती, तरकारीको बोक्रा, जुठो, फालिएको खाना र अन्य चाँडै कुहिने जैविक फोहोरबाट यस्तो ग्यास उत्पादन हुन्छ । इटहरीबासीको लागि मात्र नभई देशकै लागि यो नौलो अभ्यास हुने इन्भारो कम्पनी दाबी गर्छ । यसका लागि दैनिक ३० टन फोहोर अनिवार्य भएको कारण इटहरीमा मात्र उत्पादन नभए अन्यत्र शहरबाट समेत फोहोर ल्याउनु पर्ने अवस्था आउँछ गिरीले भने ।

प्रांगारिक मल पनि उत्पादन

यसरी ग्यास बनाउनुको अर्को फाइदा प्रांगारिक मलको उत्पादन हो । त्यो सँगै ग्यास उत्पादन भइसकेपछि ट्याङ्कीको ‘आउटलेट’ बाट निस्कने लेदोलाई करेसाबारीमा मलको रुपमा पनि प्रयोग गर्न सकिन्छ । आफ्नै करेसाबारी नभए मल बिक्री गर्ने उपाय पनि छँदैछ ।

कुहिने तथा नकुहिने फोहर छुट्याउने र प्राङ्गारिक मलसमेत तयार गर्दै वैकल्पिक ऊर्जा उत्पादन कार्य पनि गर्ने गरी प्रशोधन केन्द्रलाई अत्याधुनिक प्रविधियुक्त बनाउने योजना थपिएकाले पनि कम्पनीले परिकल्पना गरेको दाबी गर्छ । जैविक मल तयारी गर्ने कार्य समेत एकैचोटी अघि बढाइने भएकाले यो परियोजना सञ्चालनमा आउनासाथ इटहरी उपमहानगरमा उत्पादन हुने फोहरमैलाले मात्र योजना सञ्चालनका लागि फोहरमैलाको परिमाण कमी हुने भएकाले यस आसपासका नगरपालिकाबाट समेत फोहरमैला आयात गर्नुपर्ने अवस्था सिर्जना हुने बताईएको छ ।

उपमहानरमा खुसी

इटहरी उपमहानगर आफैँले फोहोर व्यवस्थापन गर्न नसकेपछि अहिले २० बर्षको लागि वेष्ट एण्ड इन्भारो म्यानेजमेण्ट कम्पनीलाई इटहरीको सम्पूर्ण फोहोरको जिम्मा दिएको छ । इटहरीका २० वटै वडाको फोहोर उठाउन मासिक ३ लाख रुपैया समेत दिदै आएको छ । तर प्लाण्ट सञ्चालनमा आए पछि भने इन्भारो म्यानेजमेण्टले उक्त रकम पाउँने छैन ।

कम्पनीले नाफाको १ प्रतिशत रकम उपमहानगरलाई बुझाउँनु पर्ने र २० बर्ष पछि ल्याण्डफिण्ड साईड स्वत उपमहानगरपालिकाको हुने सहमती भई निर्माणको काम भईरहेको इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्प चौधरीले बताए । चौधरीले भने अहिले बन्दै गरेको ल्याण्डफिल अत्याधुनिक र सुविधा युक्त हुने छ ।

निर्माण भईरहेको ल्याडफिल्ड साईट इटहरीको लागि नौलो र अत्याधुनिक भएको चौधरी बताउँछन । फोहोर ब्यवस्थापन पछि वातावरण समेत राम्रो हुने उनको दाबी छ । अहिले फोहोर ब्यवस्थापनको ठाँउ नहुदा इटहरीको चार कोशे झाडीमा फोहोर फाल्दै आएको छ । जसका कारण जंगल आसपासका सर्वसाधरणहरु पिडित बन्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved