लकडाउनका कारण विकास निर्माणका काम प्रभावित

  • प्रकाशित मितिः असार १४, २०७७
  • ४३५ पटक पढिएको
  • फूलचन्द मेहता
alt

इनरुवा । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेको कारण विकास निर्माणका काम ठप्प भएका छन । कोरोना भाइरसका कारण सरकारले पहिलोपटक २०७६, चैत ११ गतेदेखि ७ दिन लकडाउन घोषणा गरेपछि कामदारहरू निर्माणस्थल छोडी आ आफ्ना घरतिर लागे भने नगर कार्यापालिकाको कार्यालय पनि बन्द भयो जसले गर्दा सबै भन्दा ठूलो असर बिकाश निर्माणमा पर्यो ।

बिकाश निर्माणका काम नहुँदा कामदार, निर्माण व्यवसायी तथा काम गराउने निकायहरू अहिले अत्तालिएका छन ्। यति लामो समय लकडाउन हुन्छ भन्ने लागेको पनि थिएन । लकडाउनमा एकातर्फ दैनिक ज्यालादारी गर्ने कामदार काम गर्न नपाएका कारण रोजीरोटीको समस्याले आक्रान्त थिए । अर्कोतर्फ निर्माण कम्पनीहरूले हातमा भएको काम गर्न नपाउँदा बिकाश निर्माण प्रभावित भएसँगै भुक्तानी लिन सकेका छैनन ्।

कम्पनीहरूलाई प्राविधिक तथा अन्य कर्मचारी पाल्न हम्मे परिरहेको छ । हुन त सरकारले लकडाउनको ११ औं दिनमै कोरोना संक्रमण फैलिन नदिन आवश्यक मापदण्ड पुरा गरि स्वास्थ्य सुरक्षाको ख्याल गर्दै निर्माण कार्य सञ्चालन गर्ने निर्णय गरेको थियो । तर कामदारले निर्माणस्थल छाडिसकेका हुनाले फर्किन सक्ने कुनै सम्भाना नै भएन ।

नेपालमा सडकको कालोपत्रे र पुल निर्माणका लागि आवश्यक दक्ष र अर्धदक्ष कामदार शतप्रतिशत भारतीय नै हुन्छन् । फर्किसकेका भारतीय कामदार आउने स्थिति छँदै छैन । यसले गर्दा अहिले फाट्टफुट्ट ’हेभी इक्युप्मेन्ट’ले गर्ने कामबाहेक कालोपत्रे र पुल निर्माणको काम हुन सकेको छैन ।

कोरना भाईरसले गर्दा लकडाउन भएपछि ईनरुवा नगर कार्यपालिका क्षेत्रका विद्यालयका भवन, मठ मन्दिर , मस्जिद , गुम्वा, रंगशाला, वाटो लगायत विकास निर्माणका अधिकांश योजनाहरु ठप्प भएको इनरुवा नगरकार्यपालिका योजना शाखाका ईन्जिनियर उमेश्वर मेहताले वताए ।

लकडाउन अवधिमा इनरुवाका योजनाहरुमा त्रिभुवन मावि इनरुवा ८ को भवन निर्माणकालागि छुट्याइएको ५ लाख, रेडक्रस सोसाईटी ईनरुवा शाखाको भवन निर्माणमा १० लाख, दुर्गा मन्दिर निर्माणको ५ लाख, सहरी स्वास्थ्य केन्द्रको भवन निर्माणको ४ लाख, वलाहा वहुमुखि क्याम्पसको भवन निर्माणको २० लाख, ईनरुवाको वहुचर्चित सुनसरी खोलाको स्वर्गद्धारी घाट निर्माण २० लाखको योजना लकडाउनका कारण निर्माण हुन नसकेको इनरुवा नगरकार्यपालिका योजना शाखाका ईन्जिनियर मेहताले वताएका छन् ।

त्यसैगरि इनरुवा रंगशालाको प्याराफिट निर्माणमा १ करोडको महत्वकांक्षी योजना समेत प्रभावित भयो । जसले इनरुवालाई खेलकुद हवको रुपमा बिकाश गर्न मद्दत गर्ने बिश्वास लिइएको थियो । त्यस्तै इनरुवाको इतिहासलाई जर्गेना गर्ने इनारको प्रतिक निर्माण, इनरुवा ८ को इदगाहा घेरावेरा, जेष्ठ नागरिक मेलमिलाप केन्द्र, त्रिवेणी घाटमा रहेको हनुमान मन्दिरमा रंगरोगन लगाउने काम , सिता घाट निर्माण, ईनरुवा ६ को दिनाभद्री थान निर्माण, इनरुवा प्रवेश द्धार निर्माण, लगायतका .लगभग २ करौड.रकम बराबरका योजनाहरु लकडाउनका कारण बन्न सकेनन् ।

तर वहुवर्षिय योजना निर्माणमा कुनै समस्या नरहेको ईनरुवा नगरपालिका का योजना प्रमुख ईन्द्रनन्द साहले वताए । यद्यपि यी योजनाहरु लाई गतिदिन नगरपालिकाले सके सम्मको प्रयास भने जारि राखेको छ । लकडाउन अलिक खुकुलो भएपछि हालसालै कुनैमा उपभोतmा समिती गठन गरेर त कुनै ठेक्का लगाएर काम शुरु गरिएको नगरपालिकाको योजना शाखाले जानकारी दिएको छ ।

इनरुवा ४ डुम्रहा जाने वाटोमा लकडाउन अगाडि नै ढल निकासको लागी नाला खनेर हालिएको थियो तर लकडाउन अवधिमा काम ठप्प भएपछि स्थानीयवासीलाई आवत जावतमा समेत कठिनाई भएको छ । स्थानीय जगदीश ठाकुर भन्छन् “बर्षा लागिसकियो नाला र वाटोको काम लथालिगं छ यसपालि हाम्रो धेरै विजोग हुनेभयो ।”

बिकाश निर्माणले गति लिन नसकेपछि त्यो रकमलाई रकान्तर गरेर कोरोना राहतकोष, बिपत ब्यवस्थापन कोष र अन्त्र राखी खर्च गर्न थालिएको छ । वडा नम्वर ४ ले विकास योजना तथा अन्य कार्यक्रमवाट १९ लाख २५ हजार रुपैया राहत कोषमा रकमान्तर गरि राहत वितरण गरिएको अध्यक्ष श्यामदेव मेहताले वताए ।

त्यस्तै समाजिक विकास तर्फ लक्षित वर्ग विकास कार्यक्रमवाट २ लाख, सामुदायिक विद्यालय तथा वाल विकास केन्द्रलाई झोला स्टेशनरी वितरणबाट २ लाख, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र र स्वयमंसेविका संचालन तथा व्यवस्थापनबाट ३ लाख, महिला विकास कार्यक्रमबाट पचास हजार, ड्राईभर र सफाई कर्मचारीकोे व्यवस्थापनबाट २ लाख ५० हजार रुपिंया समेत कोरोना कोषमा रकमान्तर गरि खर्च गरिएको छ ।

त्यस्तै तालिम, अवलोकन भ्रमणबाट १ लाख २५ हजार,पशु स्वास्थ्य तथा आहार कार्यक्रमबाट २ लाख, किसानलाई च्यापकटर वितरणबाट २ लाख, उद्यमीलाई वाख्रा तथा वंगुरको पाठा वितरण कार्यक्रमबाट २ लाख , मण्डल टोलको वाटोमा माटो पुरी ग्राभेल गर्ने योजनाबाट १ लाख समेत कूल १९ लाख २५ हजार रकमान्तर गरि राहत वितरण गरिएको वडा सचिव श्रीप्रसाद मेहताले वताए । उनले लकडाउनका कारण स्थानीय विकासे योजना र जनचेतना मुलक कार्यक्रम समेत प्रभावित भएको भन्दै यसको पुर्ति अगामि आर्थिक वर्षको वजेटमा समावेश गर्नु उनको तर्क छ ।

इनरुवा नगरपालिका वडा नम्वर ४ मा लकडाउन भन्दा अगाडी नै वाटो निर्माणका लागि उपभोतmा समिती समेत गठन भएको थियो तर लकडाउनका कारण काम ठप्प भयो भने इनरुवा ४ कै खिखिरी पटटी टोलमा पनि लकडाउन अगाडी नै सुनसरी खोलाको वांधमा माटो र ग्राभेल हाल्नको लागी उपभोतmा समिती गठन भएको थियो तर काम गर्न नसकेको उपभोतmा समितीका अध्यक्ष विमला उरांवले वताईन । उनले भनिन्, “वर्षा लागि सक्यो हामीले काम गर्न नसकेर वडा कार्यालयलाई नै जिम्मा लगाएको छ ।”

त्यसैगरि इनरुवा वडा नम्वर १ मा पनि विकास निर्माणको वजेट तथा अन्य कार्यक्रमवाट १२ लाख ७० हजार रकम कटटा गरि कोषमा रकमान्तर गरिएको वडा अध्यक्ष रामचन्द्र पोदारले वताए । लकडाउनका कारण वजार क्षेत्रका धेरै विकास निर्माणका योजनाहरु प्रभावित भएकाछन् । वजार क्षेत्रमा सिसि क्यामरा जडान गर्ने कार्य समेत अलपत्र परेको वडा अध्यक्ष पोद्दारले जानकारी दिएकाछन् ।

वडा नम्वर १ मा पुर्वाधार निर्माणकोा कार्यक्रमबाट रकम कटटा गरि बिपन्न परिवारलाई राहत बितरण गरिएको छ । जेष्ठ नागरिकको सचेतना कार्यक्रमवाट १ लाख, महिला विकासवाट ७५ हजार, महिला व्यूटी पार्लर तालिमवाट १ लाख, स्वच्छ खानेपानीमा २ लाख, ईनरुवा वजारमा सिसि क्यामरा जडान गर्ने कार्यक्रमबाट ४ लाख, ईनरुवा स्कुलको पुल मर्मतबाट १ लाख,वडा क्षेत्रमा पोखरी निर्माण ३ लाख गरि १२ लाख ७५ हजार रुपैया राहत कोषमा रकमान्तर गरि ८ सय ५ घरधुरीलाई राहत वितरण गरिएको छ ।

बिकाश निर्माणमा छुट्याइएको रकम खर्च गर्न नसकेपछि संघिय सरकार र प्रदेश सरकारको निर्देशनमा रकमान्तर गरि राहत वितरण कोषमा जम्मा गरिएको इनरुवा नगर कार्यपालिकाका मेयर राजन मेहताले वताए । विकास वजेटको रकमवाट २ करोड २० लाख रुपैया राहत कोषमा रकमान्तर गरिएको इनरुवा नगरपालिका का लेखा अधिकृत अशोक मेहताले जानकारी दिएका छन् । उनले विकास योजनावाट १ करौड ५० लाख, सवारी साधन खर्चवाट ४५ लाख र ट्रेक्टर खरिदवाट २५ लाख गरि २ करोड २० लाख रुपैया राहत कोषमा रकमान्तर गरिएको बताएका छन् ।

लकडाउनका कारण विकास निर्माणका काम पुर्णरुपमा प्रभावित भएको सुनसरी जिल्ला समन्वय समितीका अध्यक्ष गोपाल राज भण्डारीले वताए । स्थानीय स्तरका विकास योजनाका कामहरु अलपत्र हुँदा ठेक्केदार कम्पनी, उपभोतmा र स्थानीयवासी मारमा परेको अध्यक्ष राजभण्डारीको तर्क छ ।

संघिय सरकार र प्रदेश सरकारको निर्देशनमा नै काम गर्न नसकेका विकास योजनाको वजेट कटटा गरि राहत वितरण कोषमा रकमान्तर गरिएको हो । हाल रकमान्तर गरिएका विकास योजनाहरु आउने आर्थिक वर्ष २०७७÷७८ समावेश गरि योजना संचालन गर्ने इनरुवा नगरपालिकाका मेयर राजन मेहताले वताए ।

उनले विकास योजनाको रकमान्तर गरेको बजेट प्रदेश सरकारले दिने कुरो छ यदि प्रदेशबाट बजेट आयो भने ठिकै छ आएन भने आन्तरिक आयवाट सो योजना पुर्ति गर्ने वताए । कटौती गरेको योजना नयां आर्थिक वर्षको शुरुमा नै उपभोतmा समिती मार्फत वा ठेक्का मार्फत सोे योजनालाई व्यवस्थापन गर्ने योजना शाखाका ईन्जिनियर उमेश्वर मेहताले वताए ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved