लोकतन्त्र र नेपाली काँग्रेस

  • प्रकाशित मितिः श्रावण २, २०७७
  • ३४७ पटक पढिएको
  • प्रकाश कार्की
alt

 प्रजातन्त्र वा लोकतन्त्रको अंग्रेजी शब्द  Democracy हो । Democracy is a Government of the people for the people and by the people. । नेपालमा पनि २०६२÷०६३ जनआन्दोलन पश्चात लोकतन्त्र शब्दको ब्यापक प्रयोग भएको देखिन्छ । लोकतन्त्र शासनको एउटा व्यवस्था हो यसको मुलमर्म समान्ता र स्वतन्त्रता हो । सबै नागरीक कानुन समक्ष बरावर र राज्य शक्तिमा सवैको समान पहुच हुने व्यवस्था नै लोकतन्त्र हो ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबिच २००६ सालमा एकिकरण पश्चात नेपाली कांग्रेसको जन्म भयो ।मातृका प्रशाद कोइराल यो पार्टीको सभापति बने र यो पार्टीले १०४ वर्षे जहानिय राणशासनको अनत्य गरी सवैधानिक राजतन्त्रको अधिनमा २००७ सालमा प्रजातन्त्र स्थापना भयो ।

२०१५ सालमा सुर्वण शमसेरको नेतृत्वमा भएको प्रथम संसदीय आम निर्वाचमा १०९ निर्वाचन क्षेत्रमा ७४ सिटमा जित हासिल गरी दुई तिहाई भन्दा बढी मत बाट बिजयी भई सरकार गठन गर्ने अवसर मिलो । आमनिर्वाचन भन्दा अघिको समयलाई लोकतन्त्रको प्रथम चरणको रुपमा लिइन्छ । यस समयलाई राजनितिक अलमलको चरणको रुपमा समेत लिइन्छ । आमनिर्वाचन भन्दा अघि कहिले सयुत्त सरकार ,कहिले शाहि परामर्शदात्री सरकार ,कहिले एकमान सरकार त कहिले राजको प्रत्यक्ष शासनको सरकारको रुपमा चलिरहयो ।

दुई तिहाइ मत प्राप्त गरे पछि विपि कोइरालाको सरकार र नेपाली कांग्रेसको लोकप्रियतालाई राजा महेन्द्रले देख्न सकेन्न । राजा महेन्द्रलाई लोकतन्त्रका कारण राजतन्त्र धरापमा पर्ने होकी भन्ने आशङकाले उनले २०१७ पुस १ गते नेपाली कांग्रेसको भातृसंगठन तरुण दलको उद्द्याटन कार्यक्रम माझबाट प्रधानमन्त्रि विपि कोइराला,गणेशमान सिहं,कृष्ण प्रशाद भट्टराई लगाएतका नेतालाई गिरफतार गरी नेपालको संविधान ,२०१५ को धारा ५५ बमोजिम संकटकाल लागुगरी राजनैतिक दल प्रतिबन्ध गदै निर्दलीय पञ्चायती व्यवस्था लागु गरियो । 

नेपाली कांग्रसको लोकतन्त्र प्रतिको मूल्य मान्यता ,जनतमा आधरित शासन व्यवस्था शुसानको प्रत्याभूति,स्वतन्त्रता ,समान्ता बन्धुत्वको हिमायती,जनतालाई शान्ति सुरक्षा र अमनचयनको अनुभूति सगै राजनैतिक जागरण ल्याएको नेपाली कांग्रेस २०३६ सालको जनमत सग्रहमा धेरै लोकप्रियता प्राप्त गरेता पनि जालझेलपूर्ण पञ्चायतले झिनो मतले सुधारिएको पञ्चायति व्यवस्थाले जित हासिल गरो । सर्वमान्य नेता गणेशमान सिंहको संयोजकत्वमा वि.स. २०४६ सालमा भएको निर्दलिय पञ्चायति व्यवस्था विरुदमा शान्तिपूर्ण जन–आन्दोलन गरी प्रजातन्त्रको पुनःस्थापना गर्न सफल भयो ।

लोकतन्त्र मात्र नभई समावेशी लोकतन्त्रको ओकालत गर्ने पार्टी नेपाली कांग्रेस देशभित्रका सम्पूर्ण वर्ग ,लिङ्ग,जाती समुदाय, भाषा, धर्म , क्षेत्रमा सम्वद्व रहेका नागरीकलाई राज्य संञ्चालनको मुलधारमा ल्याउनुपर्छ तिनिहरुको समावेशी सहभागीता गराउनुपर्छ ,तिनिहरुको dentification ,Representative and Access हुन पर्छ भन्ने हेतुले गिरिजा प्रशाद काइरालाको नेतृत्वमा २०६२÷०६३ सालमा शान्तिपूर्ण सयुक्त जनआन्दोलन मार्फत शसस्त्र युदमा होमिएको माओवादीलाई समेत मुलधारको राजनितिमा ल्याउन सफल भए सगै नेपालमा अन्तरिम संविधान २०६३ जारी भयो जहाँ व्यापक मौलिक हक,मानव अधिकार,वहुदिलय शासन व्यवस्था,समानुपातिक ,समावेशिकरण, सार्वभोमसता र राजकियसता जन्तामा निहित मुलमर्मको रुपमा अंगीकार गरियो ।

राष्ट्रयता,लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसको मुलमन्त्र हो । यति लामो गौरवपूर्ण इतिहास र विर सहिदको वलिदानबाट निर्मित लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस हाल अलोकतान्त्रिक बन्दै गएको छ । नेपाली कांग्रेसको सक्रिय भातृसंगठन मध्यको एक नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसकेर पटक पटक म्याद थप्दै गर्दा धेरै युवाले नेतृत्व पाउने स्थिति छैन र फेरी पनी विधान र नियमवाली पारित नहुुदा महाधिवेशन अनिश्चित बन्दै गएको छ ।त्यसै गरी २०७६ साल फाल्गुुणमा ४ बर्ष पूरा भएको कांग्रेसले विनाकारण अधिवेशन नगरी १ बर्ष कार्यकाल थप गर्दा पार्टीभित्रै लोकतन्त्र माथी प्रश्न उठेको छ ।

पार्टी भित्र गुट उपगुटको विकास हुनु,हरेक भातृसगठनको सुदृढिकरण र सवलिकरणको लागी चुनाब समयमा नहुनु , ढोगी÷टिके प्रवृति बढनु,राम्रा कार्यकत्र्तालाई भन्दा पनि हाम्रालाई नियुत्ति गराउनु,टोल कार्यसमिति र वडा कार्यसमितिमै सदस्यहरुलाई विभाजन गर्नु,नेपाली कांग्रेसको साधारण तथा क्रियाशिल सदस्यता वितरणमा असमानता तथा कञ्जुस्याई गर्नु,निम्न आय भएका र दुरदराजका सदस्यलाई अवसर प्रदान नगर्नु,चुनाव केन्द्रित प्रचार प्रसारमा मात्र लाग्नु,गरिव,किसान,दलित,अपाङ्ग लगाएतका सुचिकृत समुदायलाई मुल धारको राजनितिमा पश्रय नदिनुले लोकतान्त्रिक पार्टीको मर्मलाई कुल्चिएको पाईन्छ ।

लोकतान्त्रिक पार्टिको हिमायती मान्ने नेपाली कांग्रेसले आम नेपाली नागरिकमा राजनितिक चेतना बृद्वि ,स्वस्थ्य दलिय पद्धतिको विकास,आन्तरिक लोकतन्त्र सुुदृढ गदै १४ औं महाधिवेशनमा सक्षम नेतृत्व छनोट गर्न सक्यो भने तिन तहको निर्वाचनमा सफलताको आधार तय हुने कुरामा दई मत छैन ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved