फेसबुक संसारको चौथो ठुलो देश

  • प्रकाशित मितिः श्रावण ३, २०७७
  • ३१२ पटक पढिएको
  • मन्दिप भट्टराई
alt

फेसबुक के हो भन्ने अब कसैले भनि रहनु परेन । प्रयोगकर्ताका आधारमा संसारको सबैभन्दा ठुलो सोसल साइट फेसबुक हो । रमाइलो कुरा चै के हो भने प्रत्येक प्रयोगकर्तालाई नागरिक मान्ने हो भने संसारको सबैभन्दा ठुलो देशहरुको सुचिमा फेसबुक पर्दछ । जनसंख्याको आधारमा सबैभन्दा ठुलो देश चिन हो । जहा करीब १४३ करोड जनसंख्या छ भने भारतको करिब ११४ करोड जनसंख्या छ भने अमेरिकाको करिब ३३ करोड जनसंख्या रहेको छ । यसरि हेर्दा करीब २६ करोड प्रयोगकर्ता भएको फेसबुक चौथो ठुलो देश भन्न सकिने रहेछ ।

सन् २००४ को फेब्रुअरीबाट मार्क जुकर्बग, इदुडऱ्ो साभेरिन, डस्टिन मोस्कोभिज र चेरिस हग्सले सुरु गरेका थिए । १३ वर्ष भन्दा माथिका प्रयोगकर्ताले मात्र चलाउन पाउने फेसबुकको बारेमा कमै सुनिएको कुरा भने यसका निर्माताहरुले सुरुमा फेसमास(ाबअझबकज) नाम दिएर वेबसाइट बनाएका थिए । सुरुवातको ४ महिनामा नै दुइलाख पचास हजार प्रयोगकर्ता फेसबुकले प्राप्त गरिसकेको थियो । सन् २०१२ मै एक विलियन प्रयोगकर्ता भैसकेको फेसबुकका कारणले हार्भड विश्वविद्यालयका यी विद्यार्थीहरु चाडैनै संसारभर अर्बपतिका रुपमा परिचित भैसकेका थिए । केहि सामान्य विशेसताहरु मात्र भएको फेसबुकमा अहिले अनगिन्ति विशेषताहरु रहेका छन् । आफुलाई मनलागेको कुराहरु पोस्ट गर्ने देखि लिएर कुनै घटनाहरु लाइभ टेलिकास्ट गर्ने सम्मका अनेकौ सुबिधा फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई दिईरहेको छ । फेसबुक धेरै चलाएर आफ्ना नानिहरु बिग्रिएको कम्प्लेन गर्ने आमाबुवाहरु पनि फेसबुकमा राम्रै साग झुमेको हामि सबैले देखेकै छ. यसको मुख्य कारण नै यसले दिएको सुविधाहरु हुन । प्रयोगकर्तामा दिएको सख्या सीमालाई एकछिन बिर्सने हो भने फेसबुकको ग्रुप च्याटबाट विद्यार्थीहरु र धेरै साथिहरुमा रमाउनेहरुले मनग्ये फाइदा उठाउन सक्छन । व्यवसायको प्रवद्दन गर्न देखि लिएर अनेकौ विषयमा प्रचार प्रसार गर्न समेत फेसबुक प्रभावकारी देखिदैछ ।

यति धेरै फाइदा भए पनि फेसबुक समय समयमा विवादमा समेत पर्ने गरको छ. प्रयोगकर्ताका सुचनाहरु चुहिएको र विज्ञापनदाताहरुले प्रयोगकर्ताको व्यक्तिगत सुचनाहरु प्राप्त गरेको भन्ने आरोप समेत फेसबुकले बेहोर्नु परेको छ ।

यस्ता आरोपहरुलाई घटाउदै अन्य आकर्षक विशेषताहरु बढाउदै जाने हो भने फेसबुक चाडै नै संसारको सबैभन्दा ठुलो देशबन्छ भन्ने कुरामा दुइमत हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved