नेपाली कांग्रेसको आर्थिक नीति:वी .पी.को समाजबाद र आर्थिक उदारीकरण 

  • प्रकाशित मितिः श्रावण ७, २०७७
  • २६५ पटक पढिएको
  • कोविद जङ्ग कार्की
alt

२०४७ साल पश्चात नेपाली कांग्रेसले बोकेको आर्थिक नितिको राजनितिक प्रभावलाई व्याख्या गर्ने २ वटा पाटाहरु छन - पहिलो प्रजातान्त्रिक समाजबाद र दोस्रो आर्थिक उदरिकरणको नीति । २०४६ सालको परिवर्तन पश्चात सिद्धान्तको छलफलमा अरुची र उदासिनताको सबैभन्दा ठूलो प्रभाब नेपाली कांग्रेसको आर्थिक नीति तथा कार्यक्रमलाई पर्यो भन्दा अत्युक्ति हुदैन ।

नेपाली कांग्रेसको आर्थिक नीति कस्तो भन्ने प्रश्नमा हाम्रो सहज उत्तर थियो समाजबादी कार्यक्रम , तर कस्तो समाजबादी कार्यक्रम ? हामिले कहिल्यै प्रस्ट गरेनौ तर यो बास्तबमा सोचेको जस्तो थिएन ! socialism was like a hat which had lost its shape because too many peopke had worn it.Socialism is a chameleon like creed which changes its color according to its environment.C.E.M.Joad को उक्त भनाइ जस्तै २०४८ सम्म आइपुग्दा बिश्व समाजबादी आन्दोलन धेरै अनुभव हाँसिल गरेर यति धेरै कित्तामा बिभाजित भइ सकेको थियो कि प्रत्येक देशले आफ्नो परिस्थिति र आवश्यकता अनुसार आफ्नै समाजबादी बाटो तय गर्न आवस्यक थियो । 

तर हामिले त्यसो गर्नु ठानेनौ ,यस विषयमा जननायक बि।पि।कोइरालाले सरकारमा गए पछि हाम्रो आर्थिक नीति त कार्यक्रम कस्तो हुनुपर्छ भनेर सबै बताउनु भएको थियो त रु थिएन , हामिले बि.पि.ले समाजवादी कार्यक्रमको विषयमा सम्पुर्ण कुरा बताइसक्नु भएको छ भन्ने विषयको ब्याख्या गर्यौ र सोही अनुसार बुझ्यौ पनि ।तर त्यो थिएन वहाँको भावना र आशयलाई थप प्रस्ट्याउन आवश्यक थियो । 

वी।पी।कोइराला आफ्नी उद्देश्यमा प्रष्ट हुनुहुन्थ्यो (सबै नेपालिलाइ सुखी र खुसी बनाउने तर कसरी बनाउने भन्ने बिचारमा एकरुपता भेटिदैन प्रारम्भमा गान्धिबाट प्रभावित देखिएको पाइन्छ तरुण अबस्थामा समाजबादी धारणा प्रबल देखिन्छ भुमी सुधारको पक्षमा देखिनुहुन्छ र जमिनदारी तथा बिर्ता प्रथाको उन्मुलन,वन जङ्गलको राष्ट्रियकरण ,मोहिको हक र भुमी ब्यबस्था सुधारमा जोड दिनु भएको पाइन्छ ।

क्रमश : वी.पी.कोइराला पश्चिम आर्थिक चिन्तनबाट प्रभावित देखिनु हुन्छ ,व्यापक औधोगिकिकरण,सिचाइ,सडकमा उहाको ध्यान देखिन्छ । बितरण भन्दा बिपुल उत्पादनमा जोड दिनु पर्दछ भन्नेमा उहाँ दृढ देखिनुहुन्छ , कुनै पनि समाजवाद गरिबी र अभाब बितरण गर्ने योजना होइन,समाजबाद सम्पन्नता बितरण गर्ने पद्धति हो भन्दै कोइराला त्यस समयमा चम्चाले दूध बितरण गरेर दुरुपयोग गर्नु हुदैन पहिला दूध उत्पादन गर्नु पर्दछ भन्ने ठान्नु भएको पाइन्छ ती बिचार गान्धिका बिचार भन्दा पृथक देखिन्छन ।

जिवनको उत्तारर्धमा वि।पि।कोइराला बिकासको प्रचलित मोडलको बिरोध गर्दै पुन : गान्धिको मोडलमा फर्कनुहुन्छ । नेपालको नयाँ आर्थिक कार्यक्रममा जर्मन अर्थशास्त्री सुमाखारक्क स्मल इज ब्युटिफुल सान्दर्भिक ठान्नु भएको पाइन्छ । नेपाललाइ ठुला-ठुला बिमानस्थल वा चार लेनका सडक चाहिदैन भन्ने उहाको धारणा देखिन्छ । करोडौ नेपालीको आधारभुत आवश्यकता गाँस,बाँस,स्वास्थ्य र शिक्षाको समस्या समाधान गर्नु पर्दछ भन्नेमा उहाँ हुनु भएको पाइन्छ ।

यी तथ्यहरुले बि.पि.कोइरालामा रहेको अन्तरबिरोध त प्रस्ट पार्छ नै उहाँ पर्याप्त एतिहासिक चेतना थियो भन्ने पनि पुष्टि गर्दछ । समय सन्दर्भ र आवश्यकता अनुसार बि.पि.कोइरालाका बिचारहरु गतिशिल मात्र देखिदैनन नेपाली समाजमा देखा परेका समस्याहरु सम्बोधन गर्ने सामर्थ्य पनि बोकेको देखिन्छ , यहि आलोकमा कल्पना गरौ , १९९० मा बि।पि।कोइराला हुनुहुन्थ्यो भने विश्व परिवेश,सोभियत संघको विघठन,स्वतन्त्रताको लहर,सुचना प्रविधिमा आएको फड्को,छिमेकी देशहरुको आर्थिक राजनैतिक परिवर्तन सबैले बिपि कोइरालाको धारणा कस्तो बन्थ्यो होला रु 

हामी राजनितीक कुरामा व्यस्त भएछौ,समाज कस्तो बनाउने भन्ने तर्फ कम सोचेछौ , दोष हाम्रो हो,आफुले गर्नु पर्ने काम पनि दिवंगत नेताहरुको थाप्लोमा हालेर पन्छिने र चोखिने काम मात्र गर्यौ । फलतस्कस्तो आर्थिक नीति र कार्यक्रम भन्नेमा हामी पुरै अल्मलियौ,जुन आजको मिति सम्म कायमै छ ,के गर्ने भन्ने मा त अलमलियौ अलमलियौ अब के भन्ने भन्नेमा पनि अलमलियौ , नेपाली कांग्रेसका नेतृत्व पंक्तिबाट पनि भनी रहेको पाइन्छ ।

पार्टीले बिपिले भन्नू भएको समाजबादको बाटो छाडेकोले यस्तो भएको भन्ने आवाज उठेको पाइन्छ तर छाडेको चाहिँ के हो र समात्नु पर्ने के थियो भन्ने प्रश्नको कुनै जवाफ हुदैन । 

समाजबाद आफैमा जटिल विषय हो ,बिपिले सबै जान्नु हुन्थ्यो र समाजबादको उहाको विचार र विश्लेषण मात्र सहि हो भन्ने किसिमले व्याख्या गर्दा र बुझ्दा अलमिएका थियौ नै ,१९९० को दशक पश्चात अन्तराष्ट्रिय रुपमा आएको नव उदार आर्थिक नीतिको लहरसंग जुध्ने बैचारिक र सैद्धान्तिक क्षमता अलमलिएको कांग्रेससंग नहुदा समाजबादको विषयमा झनै अल्मलियौ तर बि पि एउटा कुरा मा स्पष्ट हुनुहुन्थ्योस् सबै बिचार तथा कार्यक्रमको केन्द्रमा ,बिकासको केन्द्रमा आम(नेपाली नागरिक रहनु पर्दछ वा नेपाली कांग्रेस को हरेक नीति तथा कार्यक्रम आम  नेपालीका लागि हुन ।

यस्तै बैचारिक बिन्दुलाई आधार मनेर हामीले बि .पि. को समाजबादलाइ पनि हेर्नू पर्दथ्यो त्यस अर्थमा समाजबाद आर्थिक नीति भित्रको सामाजिक आयमलाई हेर्ने एउटा सिद्धान्त हो भनेर व्याख्या गर्दा गलत हुदैनथियो । ऐतिहासिक रुपमा नेपाली समाजको विशिष्ट सामाजिक संरचना र सोचले निर्माण गरेको सामाजिक विभेदलाई सम्बोधन गर्ने आर्थिक नीति भित्रको सामाजिक औजार थियो , वी.पी. को समाजबाद ।

यसरी हेर्दा र व्याख्या गर्दा शास्त्रीय आर्थिक नीति अन्तर्गत अन्य बित्तीय तथा मौद्रिक नीति अनुरुप कार्यक्रम (जस्तै न-उदारबाद) लाई बिपि को समाजबादले काउन्टर-बिरोध गर्दैन ,हामी समाजबादी हौ र समाजबादी आर्थिक कार्यक्रम भएपनी हाम्रो समाजमा रहेका असमानता आफै हराउदै जान्छ भन्ने हाम्रो बुझाइले पनि थप अप्ठ्यारो सिर्जना गरेको पाइयो । सामाजिक असमानता धेरै अर्थमा राजनैतिक विषय हो ,सामाजिक विभेदको निराकरण आर्थिक व्यवस्था भन्दा पनि राजनितिक तथा कानुनी संयन्त्रबाट प्रभाकारी रुपमा भएको देखिन्छ । 

अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र आधुनिक कानुनी संयन्त्रले सामाजिक विभेदलाई पुर्णरुपमा बर्जित गरेको छ । यसको कार्यान्वयन राज्यको राष्ट्रिय अन्तर्राष्ट्रिय दायित्य हो । त्यस्तो दायित्वले कस्तो अर्थिक ब्यबस्था-पुजिबादी या समाजवादी -अबलम्बन गरेको हो भन्ने विषय सग सरोकार राख्दैन । समाजवादलाइ अपरिहार्य रुपमा सामाजिक असमानता हटाउने व्यवस्थाको रुपमा हेर्नू बढो भ्रामक कुरा हुन जान्छ ।

निर्वाचन केन्द्रित राजनितीक प्रचारबाजीमा जे-जस्तो भनिए पनि बदलिदो मानब अधिकार केन्द्रित अन्तर्राष्ट्रिय परिवेशमा आफुलाइ समाजबादी भन्नेहरुले सैद्धान्तिक रुपमा सामाजिक बिभेदको अन्त्य, विशिष्ट आर्थिक ब्यवस्थामा मात्र सम्भब छ भन्नू कि जनता र राष्ट्रप्रतिको राजनितिक बेइमानी या सैद्धान्तिक अनभिज्ञता हो ।

समाजवाद र आर्थिक असमानता बिचको सम्बन्ध फरक विषय हो । पुँजीवादी अर्थ व्यवस्थाले केही हद सम्म आर्थिक असमानता निर्माण गर्ने कुरामा विवाद छैन । नोर्डिक मोडल भनिएको प्रजातान्त्रिक समाजबाद अपनाएका नर्वे,स्वीडेन,डेनमार्क लगायतका राष्ट्रहरु पुँजीवादी अर्थ ब्यबस्थाको यसै पक्षलाई सम्बोधन गरेको पाइएको छ । 

नेपाली समाजमा व्याप्त असमानता,सामाजिक र राजनितिक चरित्रको छ । यसलाइ समाधान गर्न पनि सोही अनुसारको नीति तथा कार्यक्रम आवश्यक छ । बि. पि. ले नेपालको यही समस्या लाई सात दशक अघिनै बुझ्नु भएको थियो तर माथी भनिए जस्तै उहाँको समाजबादले कुनै बिशिष्ट आर्थिक नीति र संरचनालाई जनाउदैन । अरु आर्थिक नीति अन्तर्गतको सामाजिक बिभेद र असमानतालाई सम्बोधन गर्ने एक औजारलाई जनाउछ १ 

महामानव विश्वेश्व्र प्रसाद कोइराला प्रती हार्दिक श्रद्दा सुमन १ जय नेपाल

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved