भगवान कसम विष खाएको हल्ला सरासर झुठो हो

  • प्रकाशित मितिः श्रावण ७, २०७७
  • ३८९ पटक पढिएको
  • सञ्चारपाटी
alt

वर्तमान समय मानव सभ्यताकै इतिहाँसमा सारा मानवजातीका लागि अत्यन्त कठिन र चुनौतीपुर्ण रहेको छ । इतिहाँसमै पहिलो पटक मानवजाति आफ्नो जिवन जोगाउन घर भित्रै लुकेर मान्छे देखि मान्छे डराउनु पर्ने अवस्था उत्पन्न भएको छ ।

डिसेम्बर अन्त्य देखि चीनको बुहान शहरबाट शुरु भएको नोबेल कोरोना भाईरस ९कोभिड १९० को कारण संसारभर यो समाचार तयार पार्दा सम्म ६ लाख १६ हजार बढि मानिसले ज्यान गुमाईसकेका छन् ।

विश्वभर करिब १ करोड ५० लाख मानिसमा फैलिएको भाईरसको खोप तथा औषधि पक्ता नलाग्दा मानव सभ्यता माथि नै खतरा हुने हो कि भन्ने शंसय पैदा भएको छ ।

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि संसारभर प्राय मुलुकहरुले लकडाउन शुरु गरे, करिब ४ महिना लामो लकडाउनका कारण विश्वको अर्थतन्त्र धरासयी हुन पुग्यो ।

लकडाउनका अवधिमा उद्योग,व्यापार तथा आर्थिक गतिविधि सञ्चालन हुन नसक्दा विश्वभर करोडौं रोजगारी गुम्नुका साथै आर्थिक परिसुचकहरु समेत नकारात्मक बनेका छन् ।

लकडाउनका कारण जनजीवन अस्तव्यस्त भएर सबैको आर्थिक अवस्था धरासयी त बनेकै छ । त्यसमाथि लकडाउनकै अवधिमा आर्थिक अवस्था खराब हुँदै गएपछि विश्वभर प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घरानाका उद्योगपति व्यापारीहरुले आत्महत्या गरेको खबर सार्वजनिक हुने क्रम जारी छ ।

नेपाल पनि कोरोना कहर र लकडाउनको कारण अर्थतन्त्रमा परेको असरबाट मुक्त हुन सकेको छैन । आशिंक लकडाउनकै विच इटहरीमा एक प्रतिष्ठित व्यापारीले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेको गलत खबर एकाएक भाईरल बन्यो ।

प्रदेश नम्बर १ को केन्द्रविन्दु र नेपालकै उदयमान शहरको रुपमा आफ्नो परिचय बनाउदै गरेको इटहरीमा उद्योग वाणिज्य क्षेत्रको विकास गर्न जोखिम मोलेर अरबौं लगानी गरी हजारौंको संख्यामा रोजगारी सृजना गर्ने व्यवसायीले जीवन देखि हार खाएर आत्महत्या गर्ने प्रयास गरेको खबर फैलनु इटहरीबासीका लागि दुःख र चिन्ताको विषय थियो ।

चुनौतीलाई पनि अवसरमा बदल्दै हजारौ व्यक्ति र तीनमा आश्रित परिवारको रोजीरोटीका लागि रोजगारी दिईरहेका व्यवसायीले आत्महत्या गर्ने प्रयास गर्लान भन्ने कुरा विश्वास गर्न उनलाई नजिकबाट चिन्नेहरु अस्वीकार गर्दछन् ।

हावा नचली पात हल्लिदैन भन्ने उक्तिलाई मध्यनजर गर्दै यस विषयमा गुप्तचरले गहन अध्ययन तथा अनुसन्धान गर्दा फैलाईएको हल्ला सत्य नभई चरित्रहत्या गर्ने उद्देश्यले नियोजित रुपमा फैलाईएको अपवाह शिवाय अरु केही रहेनछ भन्ने स्पष्ट भएको छ ।

लकडाउनका कारण हल्ला चलाईएका व्यवसायीको मात्र नभई सबैको आर्थिक अवस्था दयनीय नै छ ।

यद्यपी उच्च मनोबल र सकारात्मक सोचका व्यक्तित्व भएका उनले विष सेवन गरी आत्महत्या गर्न प्रयास गरेको भन्ने हल्ला शतप्रतिशत झुट र कपोलकल्पित खबर भएको प्रमाणित भएको छ ,जुन अत्यन्त खेदजनक पनि छ ।

कुनै अमुक व्यक्ति सबैको नजरमा राम्रो र असल बन्न सक्दैन, प्राय सबै व्यक्तिको कोही कसैसँग आग्रह पूर्वाग्रह तथा रिसिबी हुन सक्दछ तर यसो भयो भन्दैमा सामााजिक मान प्रतिष्ठामै आँच आउने हिसाबले यस्तो घृणित हल्ला फैलाउनु गल्ती मात्र नभएर अपराध नै हो ।

भ्रममा नपरौं जसरी बजारमा हल्ला चलेको छ भगवान कसम विष खाएको भन्ने हल्ला सरासर गलत हो ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved