श्रावण महिना महिलाको प्रिय हरियो चुरा,पोते र लुगा

  • प्रकाशित मितिः श्रावण १२, २०७७
  • २१३ पटक पढिएको
  • कानुन कार्की रायमाझि
alt

फेसबुक खोलौं वा ट्विटर चलाउँ वा अन्य सामाजिक सञ्जाल हुरौं सर्वत्र अहिले हरियो र पहेलो रंगले भरीएको देखिन्छ । हुनत श्रावणको महिना हो,श्रावण भन्नासाथ शिवको प्यारो महिना , शिवको महिना शिवको प्रयि रंग गेरु वा पहेलो लगाउनु स्वभाविक नै हो ।

तर यहि महिना महिलामा भने हरियो रंग प्रतिको लगाव पनि उत्तीकै हुन्छ । तर हरियो रंग लगाउने बारे अधिकाशंलाई खुल्दुली हुनसक्छ । आखिर श्रावणमा किन पहेलो वा गेरुका अलावा हरियो रंग पनि प्रयोग गरीन्छ ?

म मात्र होइन धेरै महिलाले श्रावणमा आस्थाले होस् देखासेकीको फेसनले हरियो पहिरन, हातमा हरिया चुरा र मेहन्दी लगाउने गर्दछन् । पोते देखि नेल पोलिस सम्म सबै हरियो लगाउने चलन छ । तसर्थ श्रावणको महिना लागेसंगै बजारमा समेत जताततै हरीयो रंग देखिन्छ । कपडा पसल देखि कमेष्टिक पसलसम्ममा हरियो रंगको वर्चश्व छ । श्रावणमा हिन्दु मात्र होइन अन्य धर्मका महिलाले समेत हरियो चुरा, हरियो कपडा, मेहन्दि लगाउने गर्दछन् ।

श्रावणमा हरियो चुरा र कपडा लगाउनाले महिलाको भाग्य प्रभावित हुने विश्वास गरिन्छ । अधिकाशं महिलाले श्रावणमा हरियो रंग धारण गर्दछन् । हिन्दु धर्ममा हरियो रंगलाई महिला सौभाग्यको रंग मानिन्छ । श्रावण महिनामा वातावरण पनि हरियाली हुने भएकाले यो रंग प्रकृतीसँग जोड्ने महिनाका रुपमा पनि मानिन्छ ।

श्रावणमा हरियो लगाउँदा प्रकृतीका साथै भाग्यमा पनि सकारात्मक प्रभाव पर्ने धार्मीक विश्वास रहेको छ ।
अझ श्रावणमा हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ । भगवान शिव प्रकृतिसँग विशेष रुपमा जोडिनु भएको छ । यस अलावा हिन्दु धर्मशास्त्रमा प्रकृतीलाई इश्वरको रुपमा मानिएको छ । तसर्थ इश्वरीय कृपा पाउन पनि हरियो लगाउने चलन बढेको हो ।

यसै कारणले श्रावणमा भगवान शिवलाई जलाशयको जल अर्पण गरी पुजा गर्दा र हरियो कपडा, चुरा वा मेहन्दि लगाउँदा भगवान शिवसँग निकट हुने मान्यता छ ।

लोक मान्यता अनुसार श्रावणमा हरियो चुरा र साडी लगाएर महिलाले शिवको आराधना गरे वा व्रत बसेमा योग्य पति पाउने र विवाहिताहरुको पतिको आयु बढ्ने गर्दछ । यस बाहेक हरियो रंग प्रकृती, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जा वृद्धिको प्रतिक पनि हो ।

यो रंग उपचारको रंग पनि हो । हरियो रंग मुटसँग जोडिएको हुन्छ । विवाहित दम्पतीको सुमधुर सम्बन्धमा पनि हरियो रंग राम्रो रहेको वास्तुशास्त्रमा उल्लेख पाइन्छ । तसर्थ हरेक नारीहरु श्रावणमा गेरु वा पहेलो रंगसंगै हरियो रंगको कपडा, चुरा, पोते लगाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved