नेपालमा कोरोना संक्रमण भयानक हुनसक्ने विज्ञहरुको चिन्ता

  • प्रकाशित मितिः श्रावण १३, २०७७
  • १३३ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौँ / सरकारले मास टेस्टिङ अर्थात् ठूलो सङ्ख्यामा जनसमुदायमा गरिने परीक्षण थालेको जनाएको छ ।

केही जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले परीक्षणको दर बढाउने भएको हो ।

भारतसँगको सीमावर्ती जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढेको र जनस्वास्थ्यकर्मीले समुदायमै सङ्क्रमण फैलिएको आशङ्का गरेका बेला सरकारले मास टेस्टिङको काम थालिएको जनाएको हो ।

विगतमा काठमाडौँ उपत्यकामा गरिएको मास टेस्टिङ अहिले नाकाहरूमा थालिएको र अब छिट्टै सङ्क्रमितको सङ्ख्या बढेका जिल्लाहरूमा थालिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा। बाबुराम मरासिनीले ’मास टेस्टिङ’ राम्रो विकल्प नभएको बताएका छन् ।

सरकारले सुरुमा प्रतिदिन १०,००० पीसीआर परीक्षण गर्ने बताए पनि पछिल्ला दिन ४,००० को हाराहारीमा मात्रै परीक्षण भइरहेको छ ।

त्यति सङ्ख्यामा परीक्षण हुँदा डेढ सयको हाराहारीमा सङ्क्रमित देखिनु सङ्ख्यात्मक हिसाबले धेरै भएको भन्दै परीक्षणको दायरा र सङ्ख्या बढाउनुको विकल्प नरहेको डा. मरासिनीले बताए ।

डा। मरासिनीले भने, “दैनिक १०,००० को सङ्ख्यामा परीक्षण पु¥याइएन भने निकै भयावह अवस्था आउनेछ । अबको १५र२० दिनमै नियन्त्रण गर्न गाह्रो हुने गरी सङ्क्रमण देखिनेछ ।”

तर सरकारी अधिकारीहरू भने अहिलेसम्म समुदायस्तरमा सङ्क्रमण पुगिनसकेको दाबी गर्दै आएका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भन्छन्, “हामीले जुन मापदण्ड मानेर स्थानीय स्तरमा छरछैन भन्ने यकिन गर्ने हो। त्यो हेर्दा समुदायस्तरमा देखिएको छैन ।“ बीबीसी

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved