इटहरीकी विमलाको तीज गीत चट्ट कपाल कोरी सार्वजनिक

  • प्रकाशित मितिः श्रावण १५, २०७७
  • ४०४ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / गायिका विमला गुरुङको तीज गीत चट्ट कपाल कोरी सार्वजनिक भएको छ । मनोरञ्जन नेपाल युट्युब च्यानलमार्फत गुरुङको तीज गीत सार्वजनिक भएको हो ।

इटहरीमा बसेर व्यवसाय गर्दै आएकी उनले यसअघि पनि आधा दर्जन बढी गीतमा स्वर दिईसकेकी छिन् ।

नरेश खड्काको शब्दमा रहेको उक्त गीतको संगीत कुन्दन राईले गरेका हुन् । दिनेश राईले खिचेको उक्त भिडियो श्री कुमार साम्पाङले निर्देशन गरेका छन् । गायिका गुरुङले सानै उमेरदेखि नै गीत संगीतको क्षेत्रमा रुचि भएको बताईन् ।

पछिल्लो समय तीज गीत बिकृतिका रुपमा मौलाएकोले हामीले तीजको जगेर्ना गर्नका लागि यो गीत सार्वजनिक गरेका हौँ । उनले भनिन् ।

आफूहरुले सार्वजनिक गरेको गीत मौलिक र लोकभाकामा रहेकाले दर्शक, स्रोताले रुचाउने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved