इटहरीबासिको एक परिवार एक नमुना पिसिआर जाँच गर्न इटहरी कांग्रेसको माग

  • प्रकाशित मितिः श्रावण १६, २०७७
  • ६४५ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / नेपाली कांग्रेस इटहरीले कोरोना भाइरस समुदायमा फैलिएको आशंका भएकाले यसको नियन्त्रण तथा रोकथामका लागि इटहरी शील गरि लकडाउन गर्न माग गरेको छ ।

इटहरी काँग्रेसका सभापति हेमकर्ण पौडेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना कहरबाट आम इटहरीबासीलाई जोगाउन एक परिवार एक नमुना पिसिआर परिक्षण गर्न इटहरी उपमहानगरपालिका समक्ष माग गरेका छन ।

इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको अवस्थामा इटहरीमा पनि कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका काँग्रेसले गरेको हो ।

आवश्यक तयारी बिना लकडाउन हटाएको र व्यापक पिसिआर परिक्षणको कमिका कारण कोरोना कहर दिनप्रतिदिन बढ्दो क्रममा रहेको भन्दै इटहरी काँग्रेसले इटहरीबासी सबैलाई कोरोना कहरबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षा प्रणाली अपनाउदै सजग हुन आग्रह गरेको छ ।

इटहरी कांग्रेसले कोरोनाबाट बच्न आफु बसोबास गर्ने समुदायमा प्रविधिको सहायताले आवश्यक जनचेतना जगाउने कार्यमा सकृय हुन नेपाली कांग्रेस,भातृ तथा शुभेच्छुक संघ संस्थामा आबद्ध सम्पुर्ण तह र तप्काका नेता कार्यकर्ताहरुलाई अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved