धरानमा पहिरोले दुई घर विस्थापित

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • १६१ पटक पढिएको
  • सञ्चारपाटी
alt

धरान / धरानमा पहिरोका कारण दुई घर विस्थापित बनेका छन्  धरान–४ शिवजट्टाको कालिमाटीमा पहिरोका कारण दुई घर विस्थापित बनेका छन् भने एक घर उच्च जोखिममा रहेको छ ।

वर्षाका कारण आएको पहिरोले शिवलक्ष्मी राई, गोपीलाल राई र भीमु राईको घर पहिरोको जोखिममा परेको हो ।  

पहिरोले प्रभावित बनाएपछि धरान उपमहानगरको प्राविधिकसहितको धरान–४ को टोली निरीक्षणमा पुगेको थियो । जसमा नेकपाका धरान नगर इन्चार्ज तथा नेकपा प्रदेश कमिटी सदस्य अइन्द्रविक्रम बेघाले जानकारी दिए । उनले गोपीलालको धान खेतसमेत पहिरोले पुरेको छ ।

उनका अनुसार पहिरोको जोखिम भएकाले शिवलक्ष्मी र भीमुलाई घरमा नबस्न आग्रह गरिएको छ । गोपीलाललाई भने सचेत गराइएको छ । प्राविधिक रूपमा छेकवार लगाउने विषयमा निरक्षण गर्दै नापजोख गरेको छ । उक्त गाउँ नै अहिले पहिरोको जोखिममा रहेकाले सबैलाई सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved