बीपी प्रतिष्ठानबाट थप ८ जनाले जिते कोरोना

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • ११९ पटक पढिएको
  • सञ्चारपाटी
alt

धरान / धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ आइसोलेसनबाट शुक्रबार ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार डिस्चार्ज हुनेहरूमा सुनसरीका र उदयपुरका ४–४ जना रहेका छन् ।

बीपी प्रतिष्ठानमा योसँगै अहिले सम्म २ सय ८१ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेको प्रतिष्ठानले जनाएको छ । यसैगरी अहिले सम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ हजार ३९ वटा स्याम्पलको पिसिआर परीक्षण भएको पनि प्रतिष्ठानले जनाएको छ । अहिले प्रतिष्ठानको कोभिड १९ आइसोलेसनमा २९ जना कोरोना संक्रमित उपचाररत छन् ।

यस्तै, शुक्रबार धरान उपमहानगरपालिकाका ३६ कर्मचारीसहित होम, होटेल र एन्फा क्वारेनटाइनमा बसेका ५४ जनाको स्वाब संकलन गरिएको छ । ५४ जना मध्ये १३ नम्बर वडाका कोरोना संक्रमितसँग क्लोज कनट्र्याक्ट रहेका १२ जनाको पनि स्वाब लिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved