तुल्सीपुर उपमहानगरका प्रमुख कार्यकारी घुससहित नियन्त्रणमा

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • ८७ पटक पढिएको
  • सञ्चारपाटी
alt

दाङ / दाङको तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्यायलाई १४ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ ।

अख्तियारको टोलीले उपाध्यायसँगबाट १४ लाखमध्ये १ लाख १४ हजार पैसा र बाँकी बैंकमा डिपोजिट स्लिप बरामद गरेको हो ।

अख्तियारको टोलीले उनलाई शुक्रबार बुटवलदेखि पिछा गर्दै आएको थियो । अख्तियार अधिकारीका अनुसार अनुसन्धान गरी उनीमाथि आरोपपत्र दायर गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved