इटहरी शील गरि लकडाउन गर्न ढिला नगरौं मेयर साब

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • ८७९ पटक पढिएको
  • मिलन त्रिताल
alt

आदरणीय मेयर साब सादर नमस्कार अहिले नेपालमात्र नभई सिङ्गो विश्व कोरोना कहरबाट ग्रस्त छ । हाम्रो इटहरी पनि त्यसबाट अछुतो नहुने कुरै भएन । लकडाउन हटेसँगै कोरोना संक्रमण नेपालका धेरै जिल्लामा समुदाय स्तरमा फैलिईसकेको छ ।

इटहरी उपमहानगरपालिकामै कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै कतै इटहरीमा पनि समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको त छैन भन्ने शंका उत्पन्न भएको छ । रोग लाग्नु भन्दा लाग्न नदिने उपाय अपनाउनु नै बुद्धिमानी भएकाले कोरोना समुदायमा फैलिनबाट रोक्न समयमै आवश्यक तयारी गर्नु जरुरी छ ।

मेयर साब !

अहिले तपाईं स्थानीय सरकारको प्रमुख हो त्यसर्थ हामी सबै इटहरीबासीको अविभावक तपाइ नै हो यसमा दुईमत छैन । हालसम्म कुनै औषधि तथा भ्याक्सिन पत्ता नलागिसकेको प्राणघातक कोरोना भाइरस समुदाय फैलिएको खण्डमा त्यसबाट हुने मानवीय क्षतिको कल्पना पनि भयावह छ ।

अनुभवी राजनितिकर्मी र जनप्रतिनिधिका हैसियतले कोरोना संक्रमण समुदायमा फैलिएको खण्डमा हुने क्षतिको पुर्वानुमान तपाईलाई अवश्य भएको हुनुपर्दछ । पदिय दायित्वका हिसाबले पनि इटहरीको समुदायमा कोरोना संक्रमण फैलन नदिने जिम्मेवारी तपाईकै हो त्यसर्थ समय छदै भयावह बन्दै गईरहेको कोरोना भाइरसको पिडाबाट इटहरी र इटहरीबासिलाई जोगाउन ढिला भैसकेको छ ।

प्रदेश नम्बर १ को मन्त्रीपरिषदले हिजै मात्र लकडाउन गर्ने नगर्ने अधिकार सम्बन्धित स्थानीय तहलाई नै दिएको व्यहोरा स्मरण गराउन चाहान्छु । कोरोना भाइरसको संक्रमणबाट बच्न भौतिक दुरी कायम गर्नुपर्ने, भिडभाडबाट टाढै बस्नुपर्ने, अनिवार्य माक्स प्रयोग गर्नुपर्ने, बारम्बार साबुन पानी तथा स्यानिटाईजरले हात धुनुपर्ने जस्ता अरु विविध स्वास्थ्य सुरक्षा प्रणाली अबलम्बन गरिनुपर्ने बताईदै आएको छ ।

समुदायमा कोरोना सरेको अवस्थालाई आँकलन गर्दै यसबाट हुने क्षतिबाट बच्न इटहरीलाई पुर्णरुपमा शील गरि लकडाउन गर्न ढिला नगरौं मेयर साब । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन मात्र पर्याप्त छैन । इटहरीमा बसोबास गर्ने एक परिवार एक नमुना (स्याम्पल) पिसिआर परिक्षण अब जरुरी भइसकेको छ ।

त्यसका लागि स्थानीय सरकार र नगरपिताको हैसियतले संघिय र प्रदेश सरकार सँग पहल गरि तुरुन्त व्यापक पिसिआर परिक्षण शुरु गरौं मेयर साब ।

मेयर साब,

कोरोना कहरबाट इटहरीलाई जोगाउन इटहरीमा एक परिवार एक पिसिआर परिक्षण गर्न आवश्यक स्रोत जुटाउन तपाईको नेतृत्वमा प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल गरौं,आवश्यक सहयोग जुट्न नसकेको खण्डमा इटहरीमा सबै दल,नागरिक समाज,उद्योगी व्यवसायी र सरोकारवालाहरु सगको समेत सहकार्य र हातेमालोमा आवश्यक स्रोत जुटाई अबिलम्ब व्यापक रुपमा नमुना पिसिआर परिक्षण शुरु गरौं ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved