इटहरीकै नमुना बन्दै बगैचा टोल विकास संस्था

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • १३०२ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । इटहरीका अधिकांस टोल विकास संस्थाहरु सक्रिय छैनन् । अधिकांस टोल विकास संस्था गठन भए पनि नामै मात्रको छन । तर इटहरी ४ मा रहेको बगैचा टोल विकास संस्था भने इटहरीकै नमुना टोल विकास संस्थाको रुपमा चिनिदै छ ।

इटहरीको वडानम्बर चारको बगैचा टोल अहिले वडाको मात्र नभई इटहरी उपमहानगरपालिकाकै उत्कृष्ट बन्न सफल भएको छ । २६ बर्षिय सानै उमेरमा समाजमा चिनिएका सुनिल कार्कीले आफ्नो टोल विकास संस्थालाई समाजमा चिनाउँदै आफु पनि स्थापित भएका छन ।

इटहरी ४ मा रहेको बगैचा टोलविकास संस्थाको अध्यक्ष छन् । उनै कार्की अहिले समाज सुधारमा कम्मर कसेर लागि परेका छन । युवाहरुबाटै नेतृत्व सम्भब छ भन्ने उनी अहिले समाजको नेतृत्व गर्दैछ । पहिले भएको टोलविकास संस्थाको साधारणसभामा उनीसँगै अध्यक्षका अरु तीन जना आकांक्षीहरु थिए । ती सबै उनका वुवा र हजुरवुवा उमेरका थिए ।

पूर्व अध्यक्ष मुक्ति रिजाल, केवलराम रेग्मी र निर्मल केसीले अध्यक्ष बन्ने इच्छा देखाएपनि अन्तीम समयमा टोलवासीले कार्कीलाई समर्थन गरेपछि कार्की अध्यक्षमा चुनिए । अध्यक्ष भए लगातै आफुले टोल विकासमा मेहेनत गरेर लागि परेको कार्की बताउँछन । २०७५ सालमा टोलविकास संस्थामा अध्यक्ष चुनिएका थिए ।

इटहरीका अमरदिव न्यौपानेले दिएको १० धुर जग्गा टोल विकास संस्थाको नाममा लिएर काम सुरु गरिहालेको उनी बताउँछन । टोलविकासको नाममा जम्मा ५० हजार रुपैयाँ थियो,भवन निमार्ण शिलान्यास गरियो अध्यक्ष कार्की भन्छन् । इटहरी ४ नम्बर वडा धुलोमुक्त शहर घोषणा हुने तयारीमा छ । हामी यो अभियानलाई पूर्ण रुपमा साथ दिन्छौ अध्यक्ष कार्की भन्छन् ।

इटहरी उपमहानगरपालिका,१ नम्बर प्रदेश सरकार र स्थानीय उपभोक्ताको लागतमा अडाई तले भवन निमार्ण भईसकेको छ । २०७६ साल देखि सुरु भएको भवन निमार्ण सुरु भएको थियो । एक बर्षमा हल सहितको सुविधा सम्पन्न भवन निमार्ण भएको छ । करीब ३० लाखको लगानीमा निमार्ण भएको टोल विकास संस्थामा ईलाईबेरी बनाउँने तयारी भईरहेको अध्यक्ष कार्कीले बताए ।

अध्यक्ष बनिसकेपछि नगरमै आफ्नो टोललाई परिचित बनाउने र युवा, महिला तथा समग्र टोलवासीको लागि रचनात्मक कार्य गरेर उदाहरणीय टोलविकास संस्था बनाउने अभियानमा लागिरहेका छन । समाज सुधार टोलविकास बाटै सुरु हुने भएको कारण कार्की टोल विकास बनाउँन अहोरात्र खटिरहेका हुन्छन ।

सानै उमेरमा चम्किए सुनिल

उनी सँगै पढेका खेलेका अधिकांस साथीहरु अहिले पनि कतै लुडो त कतै क्याराम खेलिरहेका होलान । तर सुनिल भने समाजमा चिनिएका ठुला बढाहरु सँगै चियापसलमा राजनीतिक गफमा हुन्छन् । देशको चिन्ता लिने र राजनीतिमा चासो राख्दै हिड्ने उनी नेकपा इटहरीका युवा नेता समेत हुन ।

चित्त नबुझेको विषयमा वहष गर्ने र राजनीतिमा चासो राख्ने उनी समाज रुपान्तरणमा छन । प्राय राजनीति र सामाजिक काममा देखिने सुनिल अहिले युवाहरु माझ लोकप्रिय छन । सामाजिक काम गर्दै राजनीतिमा जम्ने उनको सोच छ ।

धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा राजनीति शास्त्रमा अध्यानरत उनी सानालाई माया र ठुलालाई आदर गर्न माहिर छन । त्यस्तैले त सानै उमेरमा उनी चर्चित भएका छन । राजनीतिमा आउँन सामाजिक काममा लाग्दैछु भविष्यमा राजनीतिनै गर्ने हो उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved