नेपाली फुटबल खेलाडीहरु क्वारेन्टिनमा

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • १०५ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / फिफा विश्वकप २०२२ कतारको छनोट चरण अन्तर्गत दशरथ रंगशालामा हुने खेलका लागि तयारी गर्न राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी शुक्रवारदेखि क्वारेन्टिनमा बसेका छन् ।

फुटबल प्रशिक्षण क्वारेन्टिन र पीसीआर परिक्षणपछि मात्र सुरु हुने जनाइएको छ । उपत्यकाबाहिर रहेका खेलाडीहरु शुक्रवार सम्म राजधानी आइपुग्ने छन् । केहि दिन क्वारेन्टिनमा बसेपछि सबै खेलाडीको पीसीआर टेस्ट गरिनेछ । उपत्यकामा रहेका खेलाडीहरु भने आआफ्नै घरमा सेल्फ क्वारेन्टिनमा बस्नेछन् ।

फिफा र विश्व स्वास्थ्य संगठन डब्लुएचओले दिएको मापदण्ड अनुसार नै नियम बनाई प्रशिक्षणको तयारी गरिएको बताइएको छ । कोरोना संक्रमणका कारण स्थगित भएका खेलहरु नयाँ खेल तालिका अनुसार नेपालले दसैं र तिहारअघि आफ्नो खेल खेल्नेछ ।

छनोट अन्तर्गत समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले बाँकी तीनै खेल आफ्नो घरेलु मैदान दशरथ रंगशालामा खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved